‘चुँदी रम्घालाई नेपाली साहित्यको तीर्थस्थलको रुपमा विकास गर्नुपर्छ’


काठमाडौँको सरस्वतीनगरमा सञ्चालित एपेक्स लाइफ स्कुलले २०९औँ भानुजयन्तीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । हरेक वर्ष सप्ताहव्यापी रुपमा भानुजयन्ती मनाउँदै आएको सो स्कुलले बुधबार भानु प्रतिष्ठानसँगको सहकार्यमा अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता एवं स्रष्टा सम्मान कार्यक्रम गरेको छ ।

एपेक्स स्कुल र भानु प्रतिष्ठानको श्रष्टासम्मान कार्यक्रमबाट यस वर्ष वरिष्ठ कवी प्राडा कृष्णहरि बराललाई नगद पुरस्कारसहित खादा, माला र सम्मानपत्रबाट सम्मान गरिएको हो । सम्मान कार्यक्रममा पूर्वमन्त्री एवं वरिष्ठ साहित्यकार बलदेव शर्मा मजगैँयाले नेपाली भाषा साहित्यको क्षेत्रमा भानुभक्त आचार्यको महत्व चीरकालसम्म रहिरहने बताउनुभयो ।

उहाँले नेपालमा भन्दा पनि नेपाल बाहिर बस्ने धेरै नेपालीले भानुभक्तलाई सम्झने गर्ने गरेको स्मरण गर्नुभयो । सम्मानित व्यक्ति प्राडा बरालले सम्मानले आफूलाई थप जिम्मेवार बनाएको र भाषा साहित्यको क्षेत्रमा थप सक्रिय भएर लाग्ने प्रेरणा दिएको बताउनुभयो । विद्यालयका कार्यकारी निर्देशक एवं राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) का सहअध्यक्ष सुवास न्यौपानेले भानुभक्तको जन्मथलो तनहुँको चुँदी रम्घालाई नेपाली साहित्यको तीर्थस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका अध्यक्ष प्रा डा व्रतराज आचार्यले राष्ट्रका योजकमाथि प्रश्न उठिरहेको आजको समयमा भाषाका माध्यमबाट देशको एकीकरण गर्ने भानुभक्तको महत्व अझै चुलिएको बताउनुभयो ।

उक्त विद्यालयले यसअघि भानु जयन्तीको अवसरमा रमेश विकल, पूर्णप्रकाश नेपाल यात्री, वसन्तकुमार सम्मा, डा तुलसी भट्टराई, महेश पौडेललगायतका श्रष्टालाई सम्मान गरिसकेको प्रधानाध्यापक प्रभात क्षेत्रीले जानकारी दिनुभयो । विद्यालयकी निर्देशक विन्दु अधिकारीका अनुसार २०५० सालमा स्थापना भएको एपेक्स लाइफ स्कुलमा हाल ४५० विद्यार्थी अध्ययनरत छन् ।

सोही कार्यक्रममा वरिष्ठ कवीहरु भाग्यशाली अधिकारी, महेश पौडेल, रामबहादुर पहाडी, देवी बराल, शिवराज खनाल, मधुस न्यौपाने, देवु लुइँटेल, प्रभा भट्टराई, मधुसुदन लामिछाने, बलराम दाहाल, ढुण्डीराज पोखरेललगायतले कविता वाचन गर्नुभएको थियो । वतृत्वकला प्रतियोगितामा चापागाईं प्रथम एपेक्स लाइफ स्कुलले २०९औँ भानुजयन्तीको अवसरमा भानु प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरेको ‘देश निर्माणमा युवाको भूमिका’ विषयक वतृत्वकला प्रतियोगितामा पाठशाला स्कुल बानेश्वरकी छात्रा शिक्षा चापागाईँ प्रथम हुनुभएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope