राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडी छनोट


सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि जिल्लाबाट खेलाडी छनोट गरिएको छ । बाह्रौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरी क्षेत्रीय प्रतियोगिताका लागि ५६ खेलाडी छनोट गरिएको हो ।

जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीका अनुसार जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका आधारमा खेलाडी छनोट गरिएको हो । छनोट गरिएका खेलाडीमा भलिबल, कबड्डी र एथ्लेटिक्सका रहेका छन् ।

पाटनमा सम्पन्न प्रतियोगितामा दशरथचन्द, पाटन र मेलौली नगरपालिका तथा सुर्नया, सिगास र शिवनाथ गाउँपालिकाका खेलाडी सहभागी थिए । छनोट भएका खेलाडीले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रदेशस्तरीय प्रतियोगिता यही असार २४ र २५ गते कैलालीको धनगढीमा हुँदैछ । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope