अवैध कपडा र चिनी बरामद


नवलपुुर, २८ असार (रासस):

भारतबाट भन्सार छलेर ल्याउँदै गरेको लत्ताकपडा र चिनी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट बरामद गरिएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–१० को अरुणखोला बजारमा सुरक्षा जाँचका क्रममा प्रहरीले सोमबार ती अवैध सामान बरामद गरेको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख ६३७ नंको ट्रकमा ल्याउँदै गरेको अवस्थामा एक हजार ९१७ थान सर्ट र ४१८ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिनुभयो । प्रहरीले बरामद गरेको कपडा र चिनीको हालको बजार मूल्य करिब रु ५४ लाख ३६ हजार बराबारको रहेको जनाइएको छ । सामानको बिलबिजक नभेट्टाएपछि नियन्त्रणमा लिइएको कपडा र चिनी सोमबार नै आवश्यक कारबाहीका लागि राजस्व कार्यालय रुपन्देहीमा पठाइएको प्रमुख महर्जनले जानकारी दिनुभयो । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope