विश्वकप क्रिकेट लिग दुई : नेपालद्वारा स्कटल्याण्ड पराजित


आईसीसी पुरुष विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा स्कटल्याण्डलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको हो ।

नेपालले स्कटल्याण्डलाई पहिलो पटक हराएको हो । स्कटल्याण्डको ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो । स्कटल्याण्डले ब्याटिङ गर्ने क्रममा ४२ दशमव पाँच ओभरमा सबै विकेट गुमाउँदै १४४ रन बनायो । एक सय ४५ रनको विजयी लक्ष्य नेपालले २५ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर भेट्टायो । नेपालको जीतमा आसिफ शेखको ७१ रन सामेल थियो । उनले ६२ बल खेल्दै एक छक्का र १० चौका प्रहार गरे ।

यस्तै कुशल भुर्तेलले २७ रन, देव खनालले चार, दीपेन्द्रसिंह ऐरीले तीन तथा आरिफ शेखले एक रन बनाए । रोहितकुमार पौडेल ३४ रनमा अविजित रहे । बलिङतर्फ स्कटल्याण्डका गाभिन मेनले तीन तथा एड्रिन निल र रिची बेरिङटनले एक÷एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गर्ने क्रममा स्कटल्याण्डका लागि गाभिन मेनले अविजित ६४ रन बनाए ।

मार्क वाटले १७, साफ्यान शारिफले १६ र कलुम म्याकलोडले १३ रनको योगदान दिए । बलिङतर्फ नेपालका सोमपाल कामी र मोहमद आदील आलमले तीन÷तीन, कप्तान सन्दीप लामिछानेले दुई तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले एक÷एक विकेट लिए । यस सिरिजमा नेपालको यो पहिलो जित हो ।

यसअघि पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । स्कटल्याण्डको भने यो पहिलो हार हो । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले हराएको थियो । जितसँगै नेपालले १८ खेलमा १७ अङ्क जोडेको छ । नेपाल अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । बाइस खेल खेलेको स्कटल्याण्ड ३० अङ्कका साथ दोस्रो स्थानमा कायमै छ । सिरिजअन्तर्गत अब नेपालले तेस्रो खेल शनिबार नामिबियासँग खेल्नेछ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope