उपभोक्तालाई सहुलियतमा खानेपानी


रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले उपभोक्तालाई खानेपानी महसुलमा सहुलियत दिने भएको छ । उपभोक्ताको हितलाई मध्यनजर गर्दै नयाँ आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी छुटसहित नयाँ मूल्य निर्धारण गरिएको छ ।

आठ युनिटसम्म प्रतियुनिट रु १७५ (न्यूनतम रकम), नौदेखि २० युनिटसम्म पानी उपभोग गर्ने उपभोक्ताले (न्यूनतम रकम रु १७५ सहित) रु ४० प्रतियुनिट, २१ युनिटभन्दा माथि पानी उपभोग गर्नेले (न्यूनतम रकम रु १७५ सहित) रु ६३ प्रतियुनिट पानीको मूल्य कायम गरिएको आयोजनाका अध्यक्ष राजुप्रसाद श्रेष्ठले बताउनुभयो ।

“उपभोक्तालाई खानेपानीमा राहतस्वरुप नगर विकास कोषको सल्लाह अनुसार खानेपानी महसुलको दर घटाइएको छ, खानेपानीको हाहाकार रहेको रामपुरमा यस आयोजना लागू भएपश्चात् घर–घरमा स्वच्छ, गुणस्तरीय खानेपानी सुविधा पुगेको छ, उपभोक्तालाई पानीको जोहो गर्नुपर्ने समस्या सुधारका लागि हटेको छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो । यसभन्दा अगाडि न्यूनतम शुल्क रु २७५ (दश हजार लिटरसम्म पानी उपभोग गरेमा मात्र), दश हजार लिटर माथिदेखि २० हजार लिटरसम्म पानी उपभोग गर्नेले प्रतियुनिट रु ४२ र २१ हजार लिटरदेखि माथि पानी उपभोग गर्नेका लागि प्रतियुनिट रु ६३ शुल्क निर्धारण गरी पानी घर–घरमा वितरण भइरहेको कार्यालयले जनाएको छ ।

हालसम्म तीन हजार ७६४ घरधुरीले खानेपानी उपभोगका लागि नाम दर्ता गराएकामध्ये अहिले तीन हजार ३१० घरधुरीमा धारा जडान गरी पानी वितरण भइरहेको आयोजनाका व्यवस्थापक सन्तबहादुर सारु बताउनुहुन्छ । रामपुर नगरपालिकाका उपभोक्तलाई शुद्ध, सफा र सहुलियत खानेपानी सुविधा घर–घरमा पु¥याउन वडा नं ४, ५, ६ र ७ को तल्लो क्षेत्रमा आयोजनामार्फत पानीको सुविधा पुगेको छ ।

यस आयोजनाबाट हाल दैनिक बिहान–साँझ तीन÷तीन घण्टा खानेपानी वितरण भइरहेको छ । पानी उपभोग गरेका आधारमा मिटर जाँच गरेर शुल्क लिने गरिएको छ । विपन्न परिवारलाई सम्बन्धित वडाको सिफारिसमा वडाले शुल्क तिर्ने गरी खानेपानी धारा जडान गरेर पानी वितरण गरिएको आयोजनाका कोषाध्यक्ष विष्णुमाया ढकाल बताउनुहुन्छ । उहाँका अनुसार पानी वितरण गर्न टाढा रहेको स्थानमा रामपुर नगरपालिकासँग समन्वय गरी पानीको सुविधा पु¥याइएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope