विश्वकप क्रिकेट लिग दुईः नेपाल नामिबियासँग पराजित


आइसिसी पुरुष विश्वकप लिग दुई त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल फेरि पनि नामिबियासँग पाजित भएको छ । स्कटल्याण्डको कम्बसदुन न्यू ग्राउन्ड, एयरमा गए राति सम्पन्न खेलमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको हो ।

जारी सिरिजमा यसअघि भएको पहिलो खेलमा पनि नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नामिबियाले जितका लागि नेपाललाई २०० रनको लक्ष्य दिएको थियो ।

जवाफमा नेपाल ३७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १३६ रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । त्यस्तै आसिफ शेखले ३४ रन जोड्दा आदील आलमले २० रन बनाए । रोहित पौडेलले १७ तथा पवन सर्राफ १० रनमा अविजित रहे ।

आरिफ शेखले चार रन तथा देव खनाल र सोमपाल कामीले एक–एक रन जोडे भने कुशल भुर्तेल, कप्तान सन्दीप लामिछाने र बसिर अहमेदले खाता खोल्न सकेनन् । नामिबियाका बेर्नार्ड स्कोल्ट्जले पाँच विकेट लिए भने जान फ्राइलिङ्कले तीन विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १९९ रन बनाएको थियो ।

नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले सर्वाधिक ५३ रनको योगदान दिए । यस्तै डेभिड विएसले ३४ रन जोड्दा जेजे स्मिथ र डिभान ला ककले समान २७ रन जोडे । जान निकोल र रुबेन ट्रम्पेलम्यानले समान १९ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछानेले चार विकेट लिए भने सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान दुई–दुई विकेट लिए ।

बसिर अहमेदले एक विकेट लिए । सिरिजअन्तर्गतको अन्तिम खेल नेपालले आज स्कटल्याण्डसँग खेल्नेछ । यसअघि भएको खेलमा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो । यसैगरी यस हारसँगै नेपाल लिग दुईको अङ्क तालिकाको छैटौँ स्थानमा झरेको छ । नेपालले १९ खेलमा १७ अङ्क जोडेको छ । नामिबिया भने १८ खेलमा १८ अङ्क जोडेर पाँचौँ स्थानमा उक्लिएको छ । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope