साफ च्याम्पियनसिप खेल्ने नेपाली फुटबल टोलीको घोषणा


काठमाडौँ, २ साउन (रासस) :

भारतमा आयोजना हुने साफ यु–२० पुरुष च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल सङ्घले आज २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ ।

यही साउन ९ देखि २० गतेसम्म भारतको भुवनेश्वरमा आयोजना हुने उक्त च्याम्पियनसिपका लागि यु–२० का मुख्य प्रशिक्षक मेघराज केसीले ३० सदस्यीय खेलाडीबाट अन्तिम टोलीको छनोट गर्नुभएको हो । छनोट हुने खेलाडीको गोलकिपरमा ईश्वर गुरुङ, उनेश चौधरी र जियारथ शेख छन् ।

यसैगरी डिफेन्डरमा अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा र अभिशेक वाइवा रहेका छन् । मिडफिल्डरमा दीपेश गुरुङ, आशिष राई, सन्दिप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिषरत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी र आयुष घलान छन् भने फरवार्डमा दीपेश राई, निरञ्जन मल्ल र रोहन खड्गी रहेका छन् । उक्त प्रतियोगितामा आयोजक भारतसँगै नेपाल, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्का गरी पाँच टोलीको सहभागिता रहेको छ । नेपालले उक्त प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्सको सामना गर्नेछ ।

उक्त खेल यही साउन ९ गते हुनेछ । यसैगरी नेपालले आफनो दोस्रो खेल साउन ११ गते श्रीलङ्काको सामना गर्नेछ भने तेस्रो खेल आयोजक भारतसँग खेल्नेछ । नेपालले भारतसँग साउन १५ गते खेल्नेछ । त्यस्तै नेपालले साउन १७ गते बङ्गलादेशको सामना गर्नेछ । प्रतियोगितामा शीर्ष दुई स्थान हात पार्ने टोलीले फाइनल खेल्नेछन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope