पाथीभरा जाने पदर्मागमा पूर्वाधार थपिँदै


ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदर्मागमा विभिन्न पूर्वाधारका काम विस्तार गरिदै लगिएको छ ।

हिमपातको समयमा हिउँले पुरिएर बाटो भुलिने र हिउँमा चिप्लिने जस्ता हैरानी खेप्नुपर्ने बाध्यता भएकाले पदर्मागमा फाइवरको ट्रस हालिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो ।

सो पदमार्गमा गत साता ९४ मिटर ट्रस लगाउने कार्य सम्पन्न भएको छ । सरकारबाट प्राप्त रु ३० लाख बजेटले समितिले सो ट्रस लगाएको हो । सो पदमार्गमा प्रत्येक वर्ष क्रमिकरुपमा मर्मत गर्ने, सोलिङ, रेलिङ र ट्रस लगाउँने कार्य हुँदै आएको छ । अहिलेसम्ममा मन्दिरदेखि करिब ६०० मिटर ट्रस लगाएको कार्यकारी निर्देश काफ्लेले बताउनुभयो ।

उहाँले भन्नुभयो “यसपटक ट्रस लगाउने काम ठूलो घण्टी भन्ने ठाउँसम्म विस्तार गरिएको छ । हिमपातको बेला अधिक चिप्लो हुने त्यस भन्दा तलको भागमा रेलिङ हालिएको छ ।” कार्यकारी निर्देशकका अनुसार बाटोमा सार्वजनिक धारा निर्माण गरिएको छ । छिट्टै पम्पिङ गरेर धारामा पानी झारिने छ । बाटोमा शौचालय थपिएको छ ।

पानीको आपूर्तिसँगै शौचालयको सफाइ सहज बन्ने छ । कान्छिथान नजिक शान्त स्थानमा ध्यान केन्द्रसमेत निर्माण गरिएको छ । मन्दिरदेखि क्रमिकरुपमा साढे दुई किलोमिटर माथिल्लो फेदीसम्म ट्रस लगाउने समितिको लक्ष्य छ । कार्यकारी निर्देशक काफ्लेले समितिसँगको समन्वयमा उकालो बाटो सुधार गरी सहज बनाइएको बताउनुभयो । “ग्रामीण बस्तीबाट पाथीभरा आउने पैदल मार्र्ग विकास गरिएको छ । पाथीभरामा एक उद्धार केन्द्र, चिया खाने ठाउँ, आराम स्थल र शौचालयको लागि प्रिफ्याब घर निर्माण थालिएको छ”, उहाँले भन्नुभयो । —


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope