संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको छ : वरिष्ठ उपाध्यक्ष पोखरेल


विराटनगर, ३ साउन (रासस):

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको हो भन्नुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, “संविधान अपरिवर्तनीय होइन, आवश्यकता परेमा समयसापेक्ष संशोधन गर्न सकिन्छ ।

” आगामी सङ्घ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले श्रेष्ठता हासिल गर्न दाबी गर्दै निर्वाचनमा एमाले एक्लै जान तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा स्थानीय आवश्यकतानुसार तालमेल हुनसक्छ ।” वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रदेश नं १ को नामकरण प्रदेशसभाको एकल अधिकारको विषय भएको चर्चा गर्दै यसका लागि साझा सहमतिका आधारमा सबैलाई स्वीकार्य हुनुपर्ने बताउनुभयो । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope