राससको श्रव्यदृश्यले जनताका सुस्केरा बोल्नुपर्छ : भैरव रिसाल


राष्ट्रिय समाचार समिति (रासस) ले यही साउन १ गतेदेखि श्रव्यदृश्य (भिडियो) सेवा सञ्चालनमा ल्याएको छ । सरकारी स्वामित्वको राससको समाचार सामग्रीमा विविधीकरण ल्याउने उद्देश्यले औपचारिक रुपमै परीक्षण प्रसारणका रुपमा श्रव्यदृश्य सेवा आरम्भ गरिएकोे हो ।

समाचारको मुहान राससले अब नेपाली समाचार, अन्तर्राष्ट्रिय समाचार, अङ्ग्रेजी समाचार, आलेख (फिचर), फोटो (स्वदेशी र विदेशी) र श्रव्यसेवा सेवासँगै श्रव्यदृश्य पनि आफ्ना ग्राहकलाई उपलब्ध गराउँछ । भिडियो सेवाका सामग्री रासस केन्द्रीय कार्यालयस्थित स्टुडियोबाट उत्पादन र वितरण गर्न थालिएको छ ।

विसं २०१८ मा स्थापना भएको राससले श्रव्यदृश्य सञ्चालनका लागि ‘श्रव्यदृश्य सेवा सञ्चालन निर्देशिका–२०७९’ तयार गरेको छ । राससले मुलुकका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक गतिविधि छायाङ्कन गरेर टेलिभिजन र अनलाइन सञ्चारमाध्यमलाई लक्षित गरी गुणस्तरीय श्रव्यदृश्य सामग्री उपलब्ध गराइने छ । राससको भिडयो सेवासहित समग्र सेवा सञ्चालनबारे राससका पूर्वप्रमुख समाचारदाता भैरब रिसालसँग गरिएको कुराकानी ।

तपाइँले राससमा २२ वर्ष काम गर्नुभयो ? यहाँको अनुभव कस्तो रह्यो ?

–धन्यवाद मलाई सम्झेर आउनु भएकामा । मैले राससमा २०२० साल भदौदेखि जागिर सुरु गरेको हुँ । २०४२ साल वैशाखमा छोडेको हो । जनमत सङ्ग्रहपछि सुधारिएको पञ्चायत आउँछ भनेको झन् बिगारिएको पञ्चायत आयो । त्यसपछि राससको स्वतन्त्रता कम हुँदै गएपछि मेरो लागि रासस साँघुरो लाग्यो र राजीनामा दिएको हो । मेरो पुरानो अफिस, मलाई र मेरो परिावार पाल्ने अफिस रासस हो । बढो दुःख पाएको बेलामा राससमा भर्ना भएको हो । राससमा भर्ना हुने मेरो कथा अर्कै छ । तर मैले राससलाई वा राससले मलाई सहयोग गरेको छ । त्यो समयमा राससलाई भनेजति गर्न सकिएन । राससले मलाई र मेरो परिवारलाई पाल्यो । रासस मेरो आमा हो । मेरो परिवार पाल्न राससले सहयोग गरेको छ । अहिले राससलाई यसरी हेरिँदैन । राससलाई मैले बनाएँ भनिन्छ, तर राससले उस्लाई पनि बनाएको छ । राससलाई हामीलाई तलब दिएको हुन्छ, त्यसले परिवार पालिन्छ । त्यसैले मैले त्यसरी हेरेको हुन्छु ।

त्यतिबेलोको र अहिलेको राससमा के फरक पाउनुभएको छ ?

–अहिले ढाँचाकाँचा बढी भयो । हाम्रो पालामा धेरै दुःख गर्नु पथ्र्यो । एउटा मोटरसाइकल पाइयो भने के के न पाएको जस्तो हुन्थियो । बजेट पेस हुने बेलामा राससलाई जहिले पनि पैसा कम हुन्थ्यो । बजेट प्रस्तुत भएको भोलिपल्ट अर्थमन्त्रीले पत्रकार सम्मेलन गरेको बेला मन्त्रीसँग बाझ्नु पथ्र्यो, हामीलाई पैसा कम भयो थपिदिनु प¥यो भनेर । अनि थपिदिन्थे । हामी समाचारदाता चार÷पाँचजना मात्रै हुन्थियौँ । त्यसमध्ये म प्रमुख समाचारदाता थिए । हामीले राससलाई दुःख गरेर हुर्काको हो ।

राससले दिने विषयवस्तुमा केही भिन्नता पाउनु भएको छ ?

–पहिले साँघुरो थियो । निर्दलको पक्षमा लेख्न र बोल्नु पथ्र्यो । भित्र मनले निर्दल नमान्ने तर लेख्न पढ्न निर्दलको पर्ने थियो । आफैँले कल्पना गर्नु कस्तो असजिलो थियो होला । त्यो परिस्थितिमा काम गरियो । मुख्य कुरा हामीले बैमानी गरेनौँ । एक पटक बजारमा मट्टितेल, चिनी र नून नपाइने अभावको अवस्था थियो । तर मलाई राज्यका मान्छेले अभाव छैन भनेका थिए । मैले पाइँदैन नै भने । हामीले विना स्रोत पाइन्छ भनेर लेख्नुपर्ने र त्यसबारेमा स्रोत उल्लेख नगर्ने रे । राज्यका निकायका प्रमुखसँगै बाझाबाझ गरिन्थ्यो । सजिलोसँग जागिर खाइएन । तर जनतालाई बेइमान गरिएन । ‘मेन्टेन’ गर्न सकेको भनेको त्यही एउटा हो ।

राससका विषयवस्तुमा अझै सुधार गर्न के गर्नुपर्ला ?

–राससलाई अझै विश्वासनीय बनाउन राससले ढाँट्न हुन्न । सबैभन्दा सत्य कुरा दिनुपर्छ । समाचार भनेकै सत्य हो । तपाईँले नढाँटी भएन भने स्रोत उल्लेख गरेर ढाँट्नुपर्छ । फलानोले भनेको हो भनेर । तर हाम्रोमा स्रोत कोट नगरीकन आफ्नो तर्फबाट भन्नुपर्ने । एकपटक जनमत सङ्ग्रह घोषणा भएको बेलामा स्याङ्जामा विपी कोइराला जाँदा गोली चल्यो र एकजना मान्छे म¥यो । त्यसबेला राज्यले राससलाई मान्छे मरेको छैन भन है भनेर भन्यो । अनि मँ बाझे मान्छे मरेको छ, कसरी मरेको छैन भन्ने । मान्छे मरेको हो भने ढाँट्न हुँदैन । आखिर हामीले समाचार दियौँ, हामीले जित्यौँ ।

राससले नेपाली समाचार, अन्तर्राष्ट्रिय समाचार, अङ्ग्रेजी समाचार, आलेख (फिचर), फोटो (स्वदेशी र विदेशी) र श्रव्यसेवा सेवासँगै श्रव्यदृश्य पनि सुरु गरेको छ । तपाइँको विचारमा राससको भिडियोमा कस्ता–कस्ता विषयवस्तु समावेश गर्नुपर्ला ?

– राससको भिडयोमा सबैको समाचार दिनुपर्छ । रासस सरकारको मात्रै पनि हुँदैन । रासस आवाज नहुनेको आवाज पनि हुनुपर्छ । पत्रकार भनेको सरकारको मान्छे होइन, जनताको मान्छे हो । तलब सरकारको खाए पनि काम जनताको गर्नुपर्छ । जनतालाई जागरुक गराउनुपर्छ । पत्रकारितामार्फत जनतालाई राष्ट्र निर्माणमा जुट्न उत्प्रेरित गर्नुपर्छ । जनतालाई ठग्नु हुँदैन । ढाँट्नु हुँदैन । सरकारको रासस छ तर जनताको रासस छैन कि जस्तो लाग्छ । दृश्यश्रव्यलाई जनताको पनि बनाउनुप¥यो । त्यसको मतलब सरकारको विरोध गर्ने भनेको होइन । सरकारको काम जस्ताको तस्तै दिने । नढाँटीकन दियो भने धेरै कुरा हुन्छ । श्रव्यदृश्यमा जनताका अइया, आथु, सुस्केरा, सुसेलीका समाचार दिनुप¥यो । सेवा गर्नुपर्ने राज्य होइन, जनता हो । जनताको सेवा गरियो भने राज्यको सेवा त्यतैबाट हुन्छ ।

अन्त्यका यहाँलाई राससलाई केही भन्नु छ ?

तपाइँपछि पनि रासस रहन्छ । अहिलेको हाकिमपछि पनि रासस रहन्छ । यो कुरा हेक्का राखियो भने धेरै कुरा समाधान हुन्छ । त्यसैले अहिलेको खाँचो मात्रै टार्ने होइन, दीर्घकालीन, स्थायी र भविष्यसम्म कसरी गराउनेभन्दा राससले सत्य कुरा, आवाज नभएको मान्छेको आवाज बोल्नुपर्छ । बोली नभएको मान्छेको बोली बोलिदिने, र मूल कुरो नढाँट्ने ।
–––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope