ताइवान तनाबका बीच अमेरिका र चीनबीच वार्ता हुँदै
ताइवानलाई लिएर अमेरिका र चीनबीच तनाब बढिरहँदा दुवै देशका राष्ट्रपतिबीच वार्ता हुँदैछ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच बिहीबार वार्ता हुँदैछ । चार महिनापछि दुवै देशका राष्ट्रपतिबीच कुराकानी हुन लागेको अमेरिकी अधिकारीहरूले बताएका छन् । भोलि हुने वार्ता हप्तौदेखिको योजनाबद्ध नियमित छलफल हो ।
पहिलेदेखि नै द्वन्द्वमा अल्झिएको चीन अमेरिका सम्बन्धमा सभामुख न्यान्सी पेलोसीको सम्भावित ताइवान भ्रमणले त्यसलाई अझ जटिल बनाएको बेला यो वार्ता हुन लागेको हो ।
बाइडेन र सीबीचको वार्तामा उत्तर कोरियाको आणविक कार्य, युक्रेनमा रूसको युद्धका विषयमा बेइजिङ र वासिङटनबीचको मतभेद, इरान आणविक सम्झौतालाई पुनर्जीवन दिने प्रयास र ट्रम्प प्रशासनले चीनमा लगाएको कठोर करको अमेरिकी प्रशासनको समीक्षाको स्थितिलगायतका विषयमा पनि छलफल हुनसक्ने बताइएको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले मंगलबार भने, “यस सम्बन्धमा हामीबीच यस्ता विषयहरू छन् जहाँ हामी सहयोग सम्भव छ भन्ने विश्वास गर्छौं । उदाहरणका लागि हामीलाई धेरै असर गर्ने जलवायु परिवर्तन साथै तनावका विषयहरू पनि छन् ।”
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस