चितुवाको छालासहित दुईजना पक्राउ


महेन्द्रनगर, १३ साउन (रासस) ः

चितुवाको छालासहित कञ्चनपुरमा दुईजना पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका–३ देखतभूलीबाट बिहीबार उनीहरु पक्राउ परेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय झलारीको संयुक्त टोलीले दुवैजनालाई चितुवाको छालासहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–३ की ४० वर्षीया मालती मल्ल र अमरगढी–२ का २९ वर्षीय मोहन सार्की रहेका छन् ।

पक्राउ परेका दुवैलाई डिभिजन वन कार्यालय कञ्चनपुरको जिम्मा लगाइएको छ । कृष्णपुर–३ मा धानबारीमा लुकाइछिपाइ राखेको अवस्थामा दुई थान चितुवाको छाला बरामद गरिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope