हिमा नदीका असला माछाको संरक्षण गरिँदै


जुम्लाको सिञ्जा गाउँपालिकाले हिमा नदीका असला माछाका भुरा संरक्षण गर्ने भएको छ । गाउँपालिकाले नीति तथा कार्यक्रमबाटै असला जातका माछाका भुरा संरक्षण गर्ने कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

अति लोकप्रिय अवस्थामा रहेको असला माछाका भुरा संरक्षणमा पालिका लागिपरेको छ । अध्यक्ष धितालले भन्नुभयो, “नदी संरक्षणका लागि नदीमा विषादी प्रयोग गर्न नदिने, विद्युतीय सामग्री, गोलाबारुद र मछर झुल प्रयोग गरेर माछा मार्न नपाइने नभएको छ ।” हिमा नदीमा पाइने असला जातका माछाका भुरा बचाउने उद्देश्यका साथ गाउँपालिकाले नीति तथा कार्यक्रमबाटै पारित गरेको जनाइएको छ ।

गाउँपालिका पशुपक्षी विकास शाखाका संयोजक मित्रलाल धितालले हिमा नदीमा पाइने असला जातका माछा हराउने अवस्थामा पुगेको छ । नदीमा माछा मार्नका लागि पासो हाल्ने, करेन्ट लगाउने, जाल हान्नेलगायतका कार्यले असला जातका माछा लोप हुने अवस्थामा पुगेका छन् । अहिले विभिन्न खालका औजार प्रयोग गरेर माछा मार्ने प्रविधि बढेको छ । माछा संरक्षणका लागि अहिलेदेखि नै गाउँपालिकाले बजेट निर्माणमै यो कार्यक्रम पारित गरेको गाउँपालिका पशुपक्षी विकास शाखाका संयोजक धितालले बताउनुभयो ।

गाउँपालिकाको पशुपक्षी शाखाका अनुसार यदि कसैैले नदीमा गएर माछाका भुरा मार्ने कार्यमा संलग्न भए नजिकै प्रहरीचौकीलाई जानकारी गराउन गाउँपालिकाले सबैलाई अनुरोधसमेत गरेको छ । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope