श्रीलङ्काको मुद्रा सञ्चिति एक अर्ब ८५ करोड डलर ः केन्द्रीय बैंक


सन् २०२२ को जून अन्त्यसम्ममा श्रीलङ्काको मुद्रा सञ्चिति एक अर्ब ८५ करोड अमेरिकी डलर रहेको केन्द्रीय बैंकले शुक्रबार जनाएको छ ।

श्रीलङ्काको मुद्रा सञ्चिति सन् २०१९ को अन्त्यमा सात अर्ब ६० करोड अमेरिकी डलर पुगेको थियो तर त्यसबेला देखि सञ्चितिमा निरन्तर ओरालो लाग्दै आएको छ ।

सन् २०२० को अन्त्यसम्ममा उक्त मौज्दात पाँच अर्ब ७० करोड डलरमा झरेको थियो । केन्द्रीय बैंकको तथ्याङ्कअनुसार सन् २०२१ को अगस्तसम्ममा उक्त मौज्दात तीन अर्ब १० करोड पुगेको र र सन् २०२२ मार्च मसान्तसम्ममा यसमा थप कमी आई एक अर्ब ९० करोड डलर पुगेको थियो ।

आर्थिक सञ्चितिमा आएको गिरावटको अर्थ श्रीलङ्कालाई इन्धन र औषधि जस्ता अत्यावश्यक वस्तु आयात गर्न समस्या भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र अन्य थुप्रै दाताहरूले आर्थिक सहायता पुग्नुुअघि श्रीलङ्का सरकारले बनाएको ‘म्याक्रोइकोनोमिक’ योजनाबाट नै मुलुकको समस्या सम्बोधन गर्दै गर्न आह्वान गरेका छन् । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope