गायक भुमिराजको देखेपछि तिमीलाई सार्वजनिक


गायक तथा मोडल भुमिराज ढुंगानाको आधुनिक गीत तथा म्युजिक भिडिया देखेपछि तिमीलाई को बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा नागढुङ्गा स्थित बाजेको सेकुवाद्धारा सञ्चालित दिब्यश्री बेन्क्यूटमा भएको कार्यक्रममा गायक ढुङ्गाना र शिक्षक एवम समाजसेवी पुर्ण बहादुर गुरुङले विमोचन गर्नुभएको हो ।

गीतमा स्वर भुमिराज ढुंगानाको रहेको छ भने किरण देबकोटाको लय तथा शब्द, विशाल परियारले संगीत संयोजन गरेका छन् । भिडियोमा गायक भुमिराज ढुंगाना, अमृता मगर र नारायण मगरको अभिनय रहेको छ । गीतको भिडियोको छाँयाकंन भिम तिमिल्सिनाले गर्नुभएको हो । कलर, ड्रोन, सम्पादन, रेकर्डिङ, मास्टर, मिक्सिङ अनिल शाही ठकुरीले गर्नुभएको हो । म्युजिक भिडियोको निर्देशक र कथा लेखन युवराज गुरुङको रहेको छ ।

कार्यक्रममा युवा व्यवसायी बाजेको सेकुवा पोखराका संचालक एकराज गिरी, लेखुराम खाती, कृष्णटोल आमा समूह अध्यक्ष रुपा के सी लगायतले शुभकामना दिनुभएको थियो । गीतका गायक, कलाकार, प्राविधिक टिम, सहयोगीहरुलाई कार्यक्रमका प्रमुख अतिथी पुर्ण बहादुर गुरुङले प्रसंशा पत्र प्रदान गर्नुभएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope