श्रीलङ्का ः अर्थतन्त्र सुधारका लागि संयुक्त सरकारमा सहभागी बन्न विक्रेमेसिङ्घको आग्रह

श्रीलङ्काका नयाँ राष्ट्रपति रानिल विक्रेमेसिङ्घेले सङ्कटग्रस्त अर्थतन्त्रलाई सुधार गरी समस्याको समाधान खोज्न सर्वपक्षीय संयुक्त सरकारमा सहभागी हुन सांसदहरूसँग औपचारिक रूपमा आग्रह गरेका उनको कार्यालयले जनाएको छ ।
द्वीप राष्ट्र श्रीलङ्काको अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटले गर्दा पूर्व राष्ट्रपति गोटाबाय राजपाक्ष देश छोडेर सिङ्गापुर पुगेपछि विक्रेमसिङ्घेले यस महिनाको सुरुतिर आफ्नो पदभार ग्रहण गरेका थिए ।
बौद्ध धर्मावलम्बीको एक पवित्र तीर्थस्थल कान्डीमा रहेको मठ मन्दिरका प्रभावशाली भिक्षुहरुसँग शनिबार भएको भेटमा पनि विक्रमसिङ्घेले अर्थतन्त्र सुधारका लागि आफ्नो योजनाबारे बताएका थिए ।
“राष्ट्रपतिको हैसियतमा, म नयाँ यात्रा सुरु गर्न चाहन्छु,” विक्रेमेसिङ्हेले आफ्नो पदभार ग्रहण गरेपछिको पहिलो भेटमा यहाँको शक्तिशाली बौद्ध धर्मगुरूहरूसँगको भनेका थिए । उने भने, “म सबै दललाई मिलाएर सर्वदलीय सरकार गठनको मार्गमा जान चाहन्छु ।” यसैबीच उनले सबै विधायकहरूलाई संयुक्त सरकारमा सहभागी हुन आग्रह गर्दै आइतबार पत्र लेखेका स्थानीय सञ्चारमाध्यमले सोमबार विशेष स्थान दिएर छापेका छन् । राजपाक्षका जेठा दाजु महिन्दा राजपाक्षले राजीनामा दिएपछि ७३ वर्षीय पूर्व विपक्षी सांसद विक्रमसिङ्घेले मे महिनामा छैठौं पटक प्रधानमन्त्री पद सम्हालेका थिए ।
आर्थिक संकटपछि हजारौं प्रदर्शनकारीहरूले कडा सुरक्षा घेरा तोड्दै राष्ट्रपति दरबारमा प्रवेश गरेका थिए । यसको पाँच दिनपछि उनले सिङ्गापुर पुगी राजीनामा दिएका थिए । श्रीलङ्काका करिब दुई करोड २० लाख मानिसहरूले महिनौंसम्म दैनिक रूपमा लामो लोडसेडिङ उच्च मुद्रास्फीति तथा खाद्य, इन्धन र औषधीहरूको अभावको सामना गरिरहेका छन् । गत वर्षको असारदेखि मुलुकमा अत्यावश्यक आयातसमेत धान्न विदेशी मुद्राको अभाव भएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस