नेप्से परिसूचकको उकालो यात्रा जारी


धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १० दशमलव २७ अङ्कले उकालो लागेर दुई हजार एक सय २३ दशमलव ८२ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब १० अङ्कले उकालो लागेर चार सय ९ दशमलव ५५ मा पुगेको छ ।

कुल दुई सय १९ कम्पनीको ६१ लाख छ हजार पाँच सय २१ कित्ता शेयर रु दुई अर्ब ६७ करोड ३३ लाख ३८ हजार दुई सय ३२ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये आइतबार जीवन बीमा उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट आएको छ । सो उपसमूहको शेयर मूल्यमा चार दशमलव ५५ अङ्कले ओरालो लागे ।

त्यस्तै बैंकिङ शून्य दशमलव २२, व्यापार ४७ दशमलव छ, होटल तथा पर्यटन ६० दशमलव ७४, विकास बैंक ५२ दशमलव ४४, जलविद्युत् २६ दशमलव २२, वित्त ३३ दशमलव पाँच, निर्जीवन बीमा शून्य दशमलव ७५, उत्पादन दुई दशमलव ७४, अन्य २२ दशमलव ५७, लघुवित्त २७ दशमलव ८८, सामूहिक लगानी कोष शून्य दशमलव शून्य दुई, लगानी शून्य दशमलव २७ अङ्कले उकालो लागेको छ । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३० खर्ब ३० अर्ब ५५ करोड ४६ लाख छ हजार छ सय ७५ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा छ । सो कम्पनीको रु १३ करोड ८९ लाख ८२ हजार एक सय ६३ बराबरको कारोबार भयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope