अन्तर संस्था कप फुटबलको उपाधि नेर्पा स्पोर्टस क्लबलाई


दिक्तेलस्थित माटीकोरे खेलमैदानमा सम्पन्न ‘प्रथम अन्तरसंस्था कप फुटबल प्रतियोगिता २०७९’ को उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले उचालेको छ । खोटाङ फुटबल एकेडेमी (केएफए)ले आयोजना गरेको सो प्रतियोगितामा आयोजक केएफएलाई शून्यका विरुद्ध एक गोल गर्दै नेर्पाले प्रथम उपाधि हासिल गरेको हो । प्रतियोगिताको पहिलो हाफको ३०औँ मिनेटमा नेर्पाका खेलाडी युवराज राईले गर्नुभएको गोल नै निर्णायक भएको थियो ।

जिल्लाका २२ संस्थाले सहभागिता जनाएको प्रतियोगितामा साकेला गाउँपालिका तेस्रो भएको छ । प्रतियोगितामा प्रथम हुने क्लबले नगद रु ४४ हजार चार सय ४४, दोस्रो हुनेले रु २२ हजार दुई सय २२ तथा तेस्रो हुनेले रु ११ हजार एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

विजयी खेलाडीलाई साकेला गाउँपालिका प्रमुख रविप्रकाश राई र जिल्ला फुटबल सङ्घ खोटाङका अध्यक्ष ध्रुवविक्रम राईले संयुक्तरूपमा नगद पुरस्कार तथा ट्रफी प्रदान गर्नुभएको छ । प्रतियोगिता अवधिभरका उत्कृष्ट खेलाडीमा नेर्पाका युवराज राई, उत्कृष्ट गोलरक्षकमा केएफएका सुरेश राई, सर्वाधिक गोलकर्तामा जिल्ला फुटबल सङ्घका सोनित राई, उत्कृष्ट प्रशिक्षकमा नेर्पाका सरोज गुरुङ र उत्कृष्ट मिडफिल्डरमा नेर्पाका अविरल राई र उत्कृष्ट डिफेन्डरमा केएफएका भीषण राई घोषित भएका छन् । उनीहरूलाई नगद रु दुई हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक केएफएका महासचिवमा शैलेन्द्र बजिमयले बताउनुभयो ।

प्रतियोगिताको प्रथम पुरस्कार मनोज स्मृति प्रतिष्ठान दिक्तेलले प्रायोजन गरेको थियो । समापन कार्यक्रममा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङलाई प्रदान गर्ने भनिएको रु पाँच हजार राशिको ‘केएफए पत्रकारिता पुरस्कार’ भने अर्को कार्यक्रमका अवसरमा प्रदान गर्ने जनाइएको छ । प्रतियोगिताबाट आठ संस्था छनोट गरेर सुपर लिग फुटबल प्रतियोगिता सञ्चालन गरिने आयोजक केएफएका अध्यक्ष नूरकाजी सैँजूले जानकारी दिनुभयो ।

फुटबल खेलको समग्र विकास गर्ने उद्देश्यले स्थापना भएको केएफएले जिल्लाका खेलाडीलाई निःशुल्क प्रशिक्षण तथा विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको छ । विगत तीन वर्षदेखि निरन्तर तालिम गराउँदै आएको एकेडेमीबाट गत वर्षमात्रै एन्फामा सात जना खेलाडी पठाइएको प्रशिक्षक रोशेष श्रेष्ठले बताउनुभयो । “एकेडेमीमा बिनाशुल्क तालिम दिने गरिएको छ”, उहाँले भन्नुभयो, “हामीले तालिम दिएका खेलाडी अहिले विभिन्न क्लब तथा ठाउँमा गएर स्थापित भएका छन् ।”


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope