पोखरिया अस्पतालमा जनशक्तिको अभाव


पोखरिया नगरपालिकाले आफ्नो मातहतमा रहेको पोखरिया अस्पतालको सेवा सुविधा तथा भौतिक पूर्वाधार सुधार गर्न विभिन्न काम अघि बढाएको छ ।

१५ शय्याको अस्पताललाई सेवा सुधार गर्न नगरपालिकाले अस्पतालसँग सहकार्य गरी काम अघि बढाएको पोखरिया नगर प्रमुख प्रदुमन चौहानले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालमा आवश्यक जनशक्ति व्यस्थापन, भौतिक पूर्वाधार र अन्य प्राविधिक व्यवस्थापकीय काम अघि बढाइएको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सञ्जय गुप्ताले अस्पतालको भवनबाट वर्षायाममा पानी चुहिने समस्या, आवश्यक प्रयोगशाला तथा जनशक्तिको अभाव रहेको बताउनुभयो । नगरप्रमुख चौहानले अस्पतालमा देखिएका विभिन्न समस्या समयमै सामाधान गरिने जानकारी दिनुभयो । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope