नमूना विद्यालयको भवन बन्दै


जलेश्वरमा अवस्थित लक्ष्मीचण्डी मुरारका माध्यमिक विद्यालय भवन दुई करोड बढी रुपैयाँको लागतमा ‘नमूना विद्यालय’को भवन निर्माण हुने भएको छ ।

जलेश्वर नगरपालिका–२ मा अवस्थित सो विद्यालय भवन शिक्षा मन्त्रालयको रु दुई करोड ८७ लाख बजेट मध्ये दुई करोड १५ लाखमा ‘बाबा कर्मा जेभी जलेश्वरले’ बनाउन थालेको हो । जलेश्वर नगर प्रमुख सुरेश साह सोनारले भवनको शिलान्यास गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बरुणकुमार दाहालका दुई तल्ले सो भवनमा ८ कोठा हुनेछन् ।

विसं २००८ मा स्थापना भएको सो विद्यालयको भवन जीर्ण भएको थियो । जीर्ण भवनमै पठनपाठन हुँदै आएको प्रधानाध्यपक सञ्जीवकुमार झाले बताउनुभयो । विद्यालयमा बाल कक्षादेखि १२ कक्षा सम्म पठनपाठन हुँदै आएको छ । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope