सलमान रुस्दी काण्डमा बेलाइतले इरानमाथि प्रतिबन्ध लगाउनुपर्छ : ऋषि सुनक


लन्डन, २९ साउन, (रासस-एएनआई):

बेलाइतका भावी प्रधानमन्त्रीकारूपमा हेरिएका नेता ऋषि सुनकले लेखक सलमान रुस्दीलाई अमेरिकामा छुरा प्रहार गरेको विषयमा इरानमाथि प्रतिबन्ध लगाउन आह्वान गर्नु भएको छ ।

आफ्नो पुस्तक ‘द सैटानिक भर्सेस’ लाई लिएर लामो समयदेखि ज्यान मार्ने धम्की खेप्तै आएका रुस्दीलाई शुक्रबार अमेरिकाको वेस्टर्न न्युयोर्क राज्यमा छुरा प्रहार गरिएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलगायत विश्वका थुप्रै नेताहरूले उक्त घटनाको निन्दा गर्नु भएको छ ।

“यदि सलमान रुस्दीमाथिको आक्रमण इरानको अपरेशन हो र आक्रमणकारीले इरानको प्रभावमा यो गरेको हो भने यसले हाम्रो इस्लामिक क्रान्तिको सफलता प्रमाणित गर्छ,” भनी सुनकले टिप्पणी गर्नु भएको टेलिग्राफ पत्रिकाले उल्लेख गरेको छ। ७५ वर्षीय लेखक रुस्दी सन् १९८१ मा आफ्नो उपन्यास ‘मिडनाइट्स चिल्ड्रेन’ बाट चर्चामा आएका थिए। भारतमा जन्मेका लेखकले यो उपन्यासका लागि बुकर पुरस्कार समेत जितेका थिए ।

तर उनको सन् १९८८ को पुस्तक ‘द सैटानिक भर्सेस’ का कारण तत्कालीन इरानी क्रान्तिकारी नेता अयातोल्लाह रुहोल्लाह खोमेनी प्रशासनले उनका विरुद्ध फतवा जारी गरेको थियो। सो धम्कीले उनी केही वर्षसम्म भूमिगत थिए। यसैबीच इरानको पछिल्लो राजनीतिक विकासक्रमलाई औंल्याउँदै नेता सुनकले संयुक्त विस्तृत कार्य योजना (जेसीपीओए) भनेर चिनिने इरान आणविक सम्झौतालाई पुनर्जीवित गर्ने उसको प्रयासलाई व्यर्थ प्रयास भन्नु भएको छ। उहाँले आणविक हतियार भएको इरानले आफ्नो सहयोगी राष्ट्र इजरायलको अस्तित्वमाथि खतरा उत्पन्न गर्ने र ब्यालिस्टिक मिसाइलका विभिन्न गतिविधिले सिङ्गो युरोपलाई खतरामा पार्ने टिप्पणी गर्नु भएको छ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope