स्वास्थ्य क्षेत्रमा फड्को मार्दै चितवन


जटिल प्रकृतिका उपचार गर्नुपरेमा राजधानी काठमाडौँ नै धाउनुपर्ने विगतको अवस्थाको अन्त्य गर्दै चितवनले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ ।

संघीय राजधानीमा पाइने अधिकांश स्वास्थ्य सुविधा यही उपलब्ध भएका छन् भने कतिपय राजधानीमा पनि नपाइने स्वास्थ्य सेवा र उपकरण यहाँ उपलब्ध छन् । सङ्घीय भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल, आँखा अस्पताल, प्राकृतिक चिकित्सालय, आयुर्वेदिक चिकित्सालयसहित सबै प्रकृतिका उपचार सेवा यहाँ उपलब्ध छन् । पछिल्लो समय देशैभरिबाट र भारतको सीमावर्ती क्षेत्रबाट समेत यहाँ उपचारका लागि बिरामी आउने गर्दछन् ।

यकिन तथ्याङ्क नभए पनि वार्षिक २० लाखभन्दा बढीले यहाँका अस्पतालबाट उपचार लिने गरेको अनुमान गरिन्छ । यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य पर्यटन क्षेत्रमा पनि देखिएको छ । रु एक अर्बसम्म लगानी गरेर निजी अस्पतालले स्तरोन्नति गरिरहेका छन् । यससँगै ठूला औषधि उद्योग यही खुलिरहेका छन् । भरतपुर महानगर प्रमुख रेनु दाहाल राजधानी काठमाडौँपछि उपचारमा भरतपुर अग्रणी रहेको बताउनुहुन्छ । पछिल्लो समय ठूलो प्रयासपछि भविष्यमा शिक्षण अस्पताल हुने गरी शिक्षक अस्पताल भरतपुरमा बन्ने निश्चित भएको छ । एक सय शय्याको आयुर्वेदिक अस्पताल निर्माण प्रक्रिया अघि बढेको छ ।

उहाँले भन्नुभयो, “सरकारी स्वास्थ्य संस्था स्थापना, भएकाको स्तरोन्नति र निजी स्वास्थ्य संस्थालाई आवश्यक सहयोग हामीले गरिरहेका छौँ ।” मेडिकल कलेजसँग मिलेर आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिएको छ भने भरतपुर अस्पतालमा हेल्प डेस्क सञ्चालनदेखि महिलाका लागि निःशुल्क बहिरङ्ग टिकटको व्यवस्था महानगरले गरेको छ । यससँगै भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर आँखा अस्पताल, प्राकृतिक चिकित्सालयलगायतको स्तरोन्नतिका लागि महानगरले प्रत्यक्ष सहयोग गरिरहेको छ । महानगरभित्र ४२ स्वास्थ्य केन्द्रसमेत सञ्चालनमा छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope