कालीगण्डकी दोहन रोक्न साझा पहल


कालीगण्डकी नदीको अवैध दोहन रोक्न साविकको धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका जिल्ला समन्वय समितिले साझा पहल थालेका छन् ।

कालीगण्डकी नदीबाट अवैधरुपमा भइरहेको गिट्टी, बालुवा, ढुङ्गाको उत्खनन रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको कार्यान्वयनका लागि जिल्ला समन्वय समितिले साझा धारणा बनाएका हुन् । कालीगण्डकी नदी डाइभर्सन आयोजनाका कार्यान्वयन नगर्न सर्वोच्च अदालतमा दर्ता भएको रिटमा अन्तरिम आदेश दिँदै सर्वोच्च अदालतले कालीगण्डकी नदीमा कुनै पनि क्रियाकलाप नगर्न आदेश दिएको थियो ।

चार जिल्लाका समन्वय समिति, स्थानीय तहसहित ४० संस्थालाई विपक्षी बनाई परेको रिटमाथिको आदेश कार्यान्वयनका लागि समन्वय समितिले पहल थालेका हुन् । जिल्ला समन्वय समिति बागलुङको आयोजनामा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका जिल्ला समन्वय प्रमुख, उपप्रमुख र जिल्ला समन्वय अधिकारीको संयुक्त बैठकले कालीगण्डकी नदीबाट गैरकानुनी रुपमा भइरहेको ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन, सङ्कलन र बिक्री वितरण नियन्त्रणका लागि पहल गर्ने निर्णय गरेको छ । “एक्लैले मात्रै गरेर कालीगण्डकीको दोहन रोक्न असम्भव देखियो, त्यसैले साझा कार्यक्रम बनाउन लागेका हौँ”, जिसस पर्वतका प्रमुख विष्णुराम विकले भन्नुभयोे, “प्रकृतिको अवैध दोहनबाट व्यक्ति मोटाउने, प्रकृति सकिने काम सबै मिलेर रोक्नुपर्छ ।” कालीगण्डकी नदिको प्राकृतिक सुन्दरता कायम राख्नका लागि गैरकानुनी दोहनलाई तत्काल रोक्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ । “नदीजन्य पदार्थको संरक्षण र उपयोग दुवै गर्नुपर्ने हाम्रो दायित्व हो”, बैठकमा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले भन्नुभयो, “प्राकृतिक अवस्थामा खलल नआउने गरी कानुनीरुपमा मात्रै नदीजन्य पदार्थको उत्खनन गर्नुपर्छ ।”

कालीगण्डकी नदीको दोहन गर्नेलाई कानुनी दायरामा ल्याउनका लागि विविध बाधा देखापरेको भन्दै बैठकमा सहभागीले जिल्ला समन्वय समितिको काम अनुगमन गर्ने मात्रै भएकाले समस्या पैदा भएको बताउनुभयो । “संविधानले जिल्लासभा र समन्वयको काम कर्तव्य अधिकारका विषयमा प्रदेश कानुनबमोजिम हुने भनेको छ”, थापाले भन्नुभयो, “प्रदेशले समयमा कानुन निर्माण नगर्दा हामीलाई काम कारबाहीमा समस्या भइरहेको छ ।” बैठकले यथाशीघ्र कानुन निर्माणका लागि गण्डकी प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope