कोभिड–१९ महामारीको समयमा जापानको आत्महत्या दरमा वृद्धि


कोभिड–१९ महामारीको समयमा जापानमा आत्महत्या दरमा वृद्धि भएको एक अनुसन्धानले देखाएको छ ।

सन् २०२० मार्च देखि सन् २०२२ जून सम्ममा जापानमा आत्म हत्या गर्नेको सङ्ख्या आठ हजार ८८ पुगेको अनुसन्धाताहरूको एक समूहको रिपोर्टलाई उद्धृत गरी जापानी समाचार संस्था क्योदोले बुधबार जनाएको छ । उक्त समूहले कोभिड महामारीपूर्वको सोही अवधिको तुलनामा यो सङ्ख्या अत्यधिक भएको बताएको छ ।

अनुसन्धान रिपोर्ट अनुसार आत्महत्या गर्ने अत्यधिक व्यक्ति २०–३० बर्ष उमेरका युवती भएको पाइएको छ । कोभिडका कारण २० बर्षभन्दा मूनिका किशोरीहरू पनि उल्लेख्य सङ्ख्यामा प्रभावित बनेको जनाइएको छ । विवरण अनुसार उक्त अवधिमा महिलापुरूष गरी एक हजार ८३७ यूवाले आत्महत्या गरेका थिए भने एक हजार ९२ युवती रहेका थिए । महामारीका कारण भएका भनिएका ३७७ आत्महत्या मध्ये १९ वर्ष वा सोभन्दा कम उमेरका २८२ जना रहेका छन् ।

टोकिया विश्वविद्यालयका सह–प्राध्यापक ताइसुके नाकाताले क्योदोसँग भन्नुभयो, “पुरुषको तुलनामा नियमित काम नगर्ने महिलाहरू आर्थिक रूपमा बढी प्रभावित हुन्छन्, जबकि व्यवहारिक प्रतिबन्धका कारण युवाहरू आइसोलेसनमा बस्न बाध्य हुने सम्भावना बढी हुन्छ । क्योदोका अनुसार ‘जापानमा आत्महत्याको दर बढ्नुको प्रमुख कारण आर्थिक कठिनाइ रहेको विश्वास गरिएको छ, किनकि बेरोजगारी बढ्दै जाँदा आत्महत्याको मृत्यु दर बढ्छ’ ।

ओसाका विश्वविद्यालयका प्राध्यापक फुमियो ओटाकेले आत्महत्याको संख्याजस्ता तथ्याङ्कलाई ध्यानमा राखेर सरकारले आफ्नो नीति परिवर्तन गर्न आग्रह गर्नुभयो । कोभिड–१९ सम्बन्धी सरकारी समितिका सदस्यसमेत रहेका ओटाकेले भन्नुभयो, “सामाजिक र आर्थिक गतिविधि रोक्नका लागि कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणको जोखिमलाई मूल्याङ्कन गर्न जरूरी छ ।”


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope