भीरकोटमा आर्थिक उपार्जन गर्न पकेट कार्यक्रम


स्याङ्जाको भीरकोट नगरपालिकाले आर्थिक उपार्जनका लागि बङ्गुर, बाख्रा र सुन्तला पकेट कार्यक्रम सुरु गरेको छ । नगरपालिकाका नौवटै वडाका आर्थिक र सामाजिक हिसाबले पछाडि परेकालाई स्वावलम्बी बनाउने लक्ष्यसहित पालिकाले पकेट कार्यक्रम सुरु गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय गण्डकी प्रदेश पोखराबाट विनियोजन भएको रु एक करोड ४० लाख र नगरपालिकाबाट रु ६० लाखको लागत साझेदारीमा चालु आर्थिक वर्ष २०७९÷८० को सुरुआत चरणबाट कार्य थालिएको भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो । पालिकाका नौवटै वडामा वडावासीको माग तथा त्यहाँको सम्भावनाका आधारमा बङ्गुर, बाख्रा र सुन्तला पकेट कार्यक्रम सञ्चालन गरिएको हो ।

बङ्गुर, बाख्रा तथा सुन्तला पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम पनि २५ परिवार आबद्ध भएको समूह आवश्यक पर्छ । नगरपालिकाले बङ्गुर पकेट कार्यक्रमकालागि २५ परिवार आबद्ध रहेको दुई समूह, बाख्राका लागि २५ परिवार आबद्ध रहेको तीन समूह र सुन्तलाका लागि २५ परिवार आबद्ध रहेको दुई समूहलाई वडा÷वडामा छनोट गर्न लागेको उहाँले बताउनुभयो ।

“विशेष गरी आर्थिक र सामाजिक हिसाबले पछाडि परेका महिला, दलित तथा अतिविपन्न समुदायलाई आर्थिक उपार्जनसँग जोड्दै स्वावलम्बी बनाउने लक्ष्यसहित कार्यक्रम निर्धारण गरिएको हो” उहाँले भन्नुभयो, “यो कार्यक्रमबाट न्यूनतम पनि एकसय ७५ परिवार प्रत्यक्ष लाभान्वित हुने छन् ।”

बङ्गुर र बाख्रा पकेट कार्यक्रम सञ्चालन भएका ठाउँका किसानलाई वस्तुगत सहायता, यन्त्र उपकरण, खोर निर्माण, औषधि, प्राविधिक सहयोग, बङ्गुर तथा बाख्राका पाठापाठी, माउ उपलब्ध गराउनुका साथै आवश्यक तालिम प्रदान गरिने छ । सुन्तला पकेटकालागि सुन्तलाका बिरुवा, कीटनाशक औषधि, मलखाद, सिँचाइका उपकरण, टिप्ने, काट्ने औजार तथा तालिम दिइने उहाँले बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope