टर्कीद्वारा प्यालेस्टाइनलाई दिँदै आएको समर्थन जारी राख्ने प्रतिबद्धता


टर्कीले एक दशक लामो तनावपछि इजरायलसँग कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्ने आफ्नो निर्णयको अर्थ प्यालेस्टाइनीलाई दिएको समर्थन त्याग्ने भन्ने नभएको बताएको छ ।

इजरायली प्रधानमन्त्री याइर लापिडले राजदूतहरूको पुनःनियुक्तिसहित पूर्ण कूटनीतिक सम्बन्ध पुनः सुरु गर्ने घोषणा गरे लगत्तै विदेशमन्त्री मेभलुत कावुसोग्लुको यो प्रतिक्रिया आएको हो । कावुसोग्लुले यो निर्णयले अधिकांश मुस्लिम, तर आधिकारिक रूपमा धर्मनिरपेक्ष टर्कीलाई गाजा, वेस्ट बैंक र जेरुसेलममा प्यालेस्टिनी हितका लागि पैरबी गर्न अनुमति दिने बताउनुभयो ।

“द्विपक्षीय सम्बन्ध सुधारका लागि राजदूतहरूको फिर्ती महत्वपूर्ण छ,” कावुसोग्लुले भन्नुभयो । उहाँले भन्न “हामीले सधैं भन्दै आएका छौं, हामी प्यालेस्टिनीहरूको अधिकारको रक्षाका लागि समर्थन जारी राख्नेछौं । टर्कीले जेरुसेलमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिँदैन र यसको दूतावास तेल अभिवमा रहेको छ ।

कावुसोग्लुले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई सूची बुझाएपछि टर्कीका राजदूत नियुक्त गरिने बताउनुभयो । सन् २०१० मा गाजामा लगाइएको नाकाबन्दी तोड्ने उद्देश्यले टर्कीको जहाजमा इजरायली आक्रमणपछि १० जना सर्वसाधारणको मृत्यु भएको घटनाले टर्कीको इजरायलसँगको सम्बन्ध बिग्रिएको थियो । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले गत मार्चमा अङ्काराको ऐतिहासिक भ्रमण गर्नुभएको थियो साथै उहाँले एर्दोगानसँग पनि वार्ता गर्नुभएको थियो । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope