बर्सेनि कान्द्राको बाढीले सास्ती


कैलालीको भजनी नगरपालिका–५ की सरस्वती बोहराको नगरपालिकामा काम प¥यो । सेवा लिनका लागि कान्द्रा नदी डुङ्गा तरेर नगरपालिका आउनुपर्ने उहाँको बाध्यता छ । नदी तर्न प्रतिव्यक्ति रु २० तिर्नुपर्छ । “नगरपालिकाको सेवा लिन पैसा तिर्नुपर्छ”, बोहराले भन्नुभयो, “दैनिक आवतजावत गर्नुपर्छ, हरेक दिन पैसा तिरेर मात्रै भजनी बजार पुग्नुपर्ने बाध्यता छ ।” भजनी नगरपालिकाले आफ्नो क्षेत्रभित्रका नदीमा डुङ्गा सञ्चालनको ठेक्का दिएको छ ।

ठेक्का नगरपालिकाको मुख्य आम्दानीको आन्तरिक स्रोत हो । वार्षिकरूपमा सबैभन्दा बढी राजस्व सङ्कलन नदी ठेक्काबाट हुन्छ । नगरपालिकामा सेवा लिनका लागि वडा नं ५, ७ र ९ का स्थानीयले कान्द्रा नदी तरेरै आउनुपर्ने बाध्यता छ । केही ठाउँमा स्थानीय सरकारले झोलुङ्गे पुल निर्माण गरेका कारण आवतजावत सहज छ ।

हुलाकी राजमार्गसँग जोडिएको वडा नं ५ र ७ का अधिकांश नागरिक दैनिक डुङ्गाको भरमा भजनी बजार पुग्छन् । कान्द्रामा अहिलेसम्म तीन झोलुङ्गे पुल निर्माण भएका छन् । नगरपालिकाको वडा नं ७ का राजकुमार चौधरी स्थानीय नागरिकलाई आवतजावतका लागि स्थानीय सरकारले सहज वातावरण बनाउनुपर्ने बताउनुहुन्छ ।

उहाँ डुङ्गा निःशुल्क चढ्न पाउनुपर्ने बताउनुहुन्छ । “सबैसँग पैसा हुँदैन” उहाँले भन्नुभयो । वडा नं ५ कै पवन जैशी भजनी बजारस्थित महुन्याल बहुमुखी क्याम्पसमा अध्ययन गर्नुहुन्छ । उहाँले दैनिक क्याम्पस जाँदा नदी वारपार गरेको रु २० डुङ्गा सञ्चालकलाई तिर्नुहुन्छ । “आम्दानीको स्रोत छैन । घरबाट पैसा माग्न सधैँ सकिदैन” उहाँले भन्नुभयो । पवनजस्तै सयौँ विद्यार्थी नदी तरेर क्याम्पस जाने गरेका छन् । बजार क्षेत्रमा महुन्याल माध्यमिक नमूना विद्यालय छ । वर्षात्को समयमा बाढीकै कारण विद्यार्थी विद्यालय जान सक्दैनन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope