रैथाने नकटा हाँस सङ्कटमा


कैलाली र कञ्चनपुरमा मात्रै पाइने नकटा हाँसको बासस्थान मासिदै जान थालेपछि सङ्कटमा परेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका कालिकिच, सिकारी तालसँगै निकुञ्ज बाहिरका पुरैनी, शोभालगायतका तालक्षेत्र आसपासका क्षेत्रमा सो प्रजातिको हाँस पाइने गर्छ । कैलालीको घोडाघोडीलगायतका ताल आसपासका क्षेत्रमा सो हाँसको बासस्थान रहेको छ ।

यसको सङ्ख्यामा केही समययतादेखि कमी आएको छ । ताल–तलैयाहरू मानव अतिक्रमणको चपेटामा पर्नु र स्थानीय बासिन्दाले शिकार गर्ने गरेका कारणसमेत हाँसका सङ्ख्यामा कमी आउन थालेको हो ।

सङ्कटापन्न अवस्थामा रहेको नकटा हाँस जोगाउनका लागि स्थानीय बासिन्दालाई जैविक विविधता संरक्षणसँगै चरा संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरी सचेत पार्नुपर्ने चरा संरक्षणको कार्यमा संलग्न सुमन चौधरीले बताउनुभयो । “निकुञ्ज आसपासका ताल–तलैया क्षेत्रमामात्रै नकटा हाँस देखिने गरेको थियो”, उहाँले भन्नुभयो, “हाल यस प्रजातिको हाँस घना बस्ती नजिकका ताल–तलैयामा समेत देखिन थालेको छ । यसको संरक्षण गर्नु जरुरी छ ।” बेलौरी नगरपालिकाको शोभाताल क्षेत्रमा पाँच बढीको सङ्ख्यामा नकटा हाँस पहिलोपटक देखापरेको उहाँले बताउनुभयो ।

नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार नकटा हाँस नेपालको रैथाने प्रजातिका सबैभन्दा ठूलो प्रजातिको हाँस हो । यस हाँसले वर्षात्को समय सुरु भएसँगै बच्चा कोरल्ने गर्दछ । रुखको टोड्का, अरु चराले छाडेका गुँड, ठूलो घाँसको झाडीमा अण्डा पार्ने गर्दछ । पोथीले एकपटकमा १० देखि १५ सम्म अण्डा पार्ने गर्दछ ।

अण्डा पारेको २५ देखि ३० दिनमा बच्चा कोरल्ने गर्दछ । नकटा हाँस काला छिर्कापूर्ण सेतो–सेतो टाउको र सेतो–सेतो तल्लो भाग साथै अपूर्ण साँघुरो छातीपेटी हुने गर्दछ । माथिल्लो र तल्लो पखेटा कालो हुन्छ । भालेको कालो–कालो माथिल्लो भागमा टल्कने ढलौटे हरियो, निलो र हरियो रङको हुन्छ । ठोँडको फेदमा पुष्ट सिउर साथै ग्रिष्ममा टाउको छेउ र गर्दनमा पहेलो–पहेलो मैलो बगेको जस्तो देखिने हुन्छ । हिउँदमा सिउर सानो पोथी साना नापको माथिल्लो भाग बढी धमिलो हुन्छ । सिउर नभएको बच्चाको गाढा तालु र आँखीधर्सोभन्दा भिन्न देखिने फिक्का आँखीभौँ माथिल्लो भागमा मैला कत्ला र कैलोमैलो तल्लो भाग साथै छातीको छेउमा गाढा कत्ला हुन्छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope