लघुकथा पुरस्कार बनेपालीलाई


लघुकथा समाज नेपालले यसवर्षको ‘धनमान लघुकथा पुरस्कार’बाट लघु कथाकार अगिब बनेपालीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

समाजले भक्तपुरमा आयोजना गरेको धनमान लघुकथा पुरस्कार वितरण कार्यक्रममा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले लघुकथाकार बनेपालीलाई नगद रु १५ हजारसहित सम्मान गर्नुभयो । कर्माचार्यले आफूलाई साहित्य रचनाका त्यति लगाब नभए पनि पठनमा भने धेरै रुची भएको बताउनुभयो ।

कथाकार बनेपालीले पुरस्कारले नयाँ कथा लेखनमा थप प्रेरणा मिलेको बताउनुभयो । कार्यक्रममा ‘धनमान श्रेष्ठ व्यक्ति एक, आयाम अनेक’ कृतिमाथिसमेत समीक्षा गर्दै डा कुमार कोइरालाले पुस्तकमा धनमान श्रेष्ठ व्यक्ति एक भए पनि उहाँलाई धेरै पाटोबाट चिन्न सकिने बताउनुभयो ।

समाजसेवी कृष्णेश्वरी हाडाले श्रेष्ठको पुस्तक पढ्दा उहाँलाई साहित्यकार र स्वास्थ्यकर्मी मात्रै नभई सामाजिक संस्थाको अभियन्ता पनि भन्न मिल्ने बताउनुभयो । पुरस्कारका संस्थापक लेखक धनमान श्रेष्ठले आफ्नै नाममा स्थापना गरेको धनमान लघुकथा पुरस्कार भक्तपुरकै कथाकारले पाएकोमा खुसी व्यक्त गर्नुभयो । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope