जुम्लाको तरकारी निर्यात


जुम्लामा उत्पादन हुने स्याउलगायत तरकारीजन्य उत्पादन बाहिरी जिल्लामा निर्यात हुन थालेको छ । यहाँ उत्पादित आलु, भेडेखुर्सानी, काउली गोवी र गोलभेडालगायत निर्यात हुने गरेको छ ।

कारितास जर्मन र कारितास नेपालको सहयोगमा पेस नेपाल जुम्लाको साझेदारीमा सञ्चालित एकीकृत खाद्य सुरक्षा विपद् जोखिम न्यूनीकरण जलवायु अनुकूलन परियोजना सञ्चालनमा छ ।

यो परियोजनाको सहयोगमा सञ्चालित रारालिही कृषि सङ्कलन केन्द्रले स्थानीयस्तरमा उत्पादित सङ्कलित कृषिजन्यवस्तु दैलेख, जुम्ला, कालीकोट र मुगु जिल्लासम्म ढुवानी भएको छ । कृषि सङ्कलन केन्द्रका व्यवस्थापक मानबहादुर बोहराका अनुसार सात क्विन्टल जुम्ला, १३ क्विन्टल मुगु, नौ क्विन्टल दैलेख, सात क्विन्टल कालीकोट र तीन क्विन्टल स्थानीय रारालिही बजारमा गोलभेडा बिक्री गरिएको छ ।

यस्तै एकसय पाँच क्विन्टल स्याउ सुर्खेत र अछाममा बिक्री गरी १२ लाख बराबरको कारोबार गरिएको छ । आलुखेती उत्पादन घट्दो क्रममा रहेकाले स्थानीय आलुको उत्पादन बढाउन आइपिएम विधिमार्फत आलुबाली कृषक पाठशाला सञ्चालन गरिएको छ । उन्नत प्रविधि र परम्परागत प्रविधिमा आलु रोप्ने गरिन्छ । दुवै गरी पाँच सय वर्ग मिटरमा आलुखेती गरिएको परियोजना संयोजक हेमराज भट्टले जानकारी दिनुभयो ।

पाठशाला पेस नेपालको समर्थनमा निर्माण भएको सुधारशील कृषक समूहमा १६ हप्तासम्म सञ्चालन गरिएको हो । पाठशालाको अन्तमा उन्नत प्रविधिबाट छ क्विन्टल र परम्परागत प्रविधिमार्फत चार क्विटल आलु उत्पादन भएको हो । उन्नत प्रविधिबाट आलुको उत्पादनमा वृद्धि भएपछि कृषकले उन्नत प्रविधितर्फ अग्रसर भएको जनाइएको छ ।—


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope