पढाइले प्रौढ महिलाको आत्मविश्वास बढायो


अङ्क र अक्षर लेख्न, पढ्न तथा चिन्न नसकेका कारण धेरै ठक्कर पाएकी म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटकी सङ्गीता छिनालको अहिले आत्मविश्वास बढेको छ ।

उज्यालो वैकल्पिक विद्यालयको कक्षा १० मा पढ्ने छिनालले शिक्षा हासिल गरेपछि सहरका चोकमा गएर ठाउँ नचिन्दा अलमलिनुपर्ने, मोवाइल चलाउन अरुको सहायता लिनुपर्नेलगायत समस्या हटेको छ । “विहे गर्दा कक्षा १ सम्म मात्र पढेकी थिए, लेख्न केही पनि जानेकी थिइन ।

कहिँकतै जाँजा अरुलाई सोध्नुपर्दथ्यो । निकै समस्या हुन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले अंग्रेजीबाट नाम लेख्ने र लेखेको कुरा पढ्न सक्ने भएकी छु । अरुले बोलेको बुझ्न सक्छु । पहिलाभन्दा धेरै सजिलो भएको छ ।” छिनाल जस्तै विद्यालय जाने उमेरमा पढ्न नपाएका र बिचैमा पढाई छाडेकाको लागि बेनीको उज्यालो वैकल्पिक विद्यालय एसइई तहसम्मको शिक्षा हासिल गर्ने थलो बनेको छ । आठ वर्षअघि स्थापना भएको विद्यालयमा हालसम्म १०० जनाभन्दा बढीले अध्ययन गरिसकेका छन् । नौ जनाले पछिल्लो दुई वर्षमा एसइई उतिर्ण गरेका छन् ।

हाल विभिन्न कक्षामा ४० महिला अध्ययनरत छन् । भर्ना भएका केहीले लेखपढ गर्न जानेपछि पढाइलाई निरन्तरता दिएनन् । घरायसी काम सकेर झोलाभरी कापी किताब बोकेर बिहान ११ बजे विद्यालय आउने आमाहरु दिउँसो ३ बजे घर फर्कन्छन् । “खेती किसानी, घरको व्यवहार, घाँस, दाउरा गर्ने चलन थियो । इच्छा भएर पनि पढ्न पाइएन,” हाल कक्षा १० मा पढ्दै गर्नुभएकी ५० वर्षीया डिलकुमारी पुनले भन्नुभयो, “बालबच्चाले पढाइ सिध्याए ।

मलाई बल्ल अहिले फुर्सद मिल्यो । उमेर ढल्कीएकाले गाह्रो भए पनि पाएको अवसरको सदुपयोग गरेर एसइई उतिर्ण गर्ने लक्ष्य राखेकी छु ।” भर्ना हुन आउने विद्यार्थीको क्षमता पहिचान गरी कक्षामा राख्ने र पढाउने गरिएको छ । तत्कालीन शिक्षा कार्यालयमार्फत बेनी सामुदायिक माविलाई मातृ विद्यालय मानेर स्थापना भइ समुदाय स्तरबाट विद्यालय सञ्चालन गरिएको हो । सात शिक्षकको तलबभत्ता बेनी नगरपालिकाले उपलब्ध गराउने गरेको छ ।

विद्यालय सञ्चालनमा स्थानीयवासी, विभिन्न सङ्घ संस्था र प्रवासीले सहयोग गरेको व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष राजेश शाक्यले बताउनुभयो । “१६ वर्षभन्दा बढी उमेरका बिचैमा पढाइ छाडेकाका लागि स्थानीय युवाको अग्रसरतामा विद्यालय सञ्चालन गरेका हाँै,” उहाँले भन्नुभयो, “बेनी सामुदायिक माविलाई मातृ विद्यालय बनाएका छाँै । विज्ञान र कम्प्युटर ल्याब स्थापना गर्न सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ ।” सामाजिक विकास कार्यालयको भवनमा सञ्चालन भएको विद्यालयमा आफ्नै पूर्वाधार, दिगो आर्थिक स्रोतको अभाव तथा शिक्षकलाई तालिमको आवश्यकता देखिन्छ । सुरुआती चरणमा बेनी पुस्तकालयको भवनमा कोठा भाडामा लिएर कक्षा सञ्चालन गरिएको विद्यालय तीन वर्षअघि तत्कालीन महिला तथा बालबालिका कार्यालयको खाली भवनमा सारिएको हो । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope