समयमै उपचार नपाउँदा स्वास्थ्यकर्मीले नै गुमाइन् ज्यान


उच्च रक्तस्रावका कारण जिल्ला अस्पताल डाेटीमा एक सुत्केरीकाे मृत्यु भएकाे छ । आदर्श गाउँपालिका वडा नं ६ गिरीचाैकाकी ३२ वर्षीया जानकी बाेहरा खडायतकाे मृत्यु भएकाे हाे । उनी आफैं पनि गिरीचाैका स्वास्थ्यचाैकीमा कार्यरत स्वास्थ्यकर्मी हुन् ।

बुधबार एक्कासि रक्तस्राव हुन थालेपछि उनलाई थप उपचारका लागि आदर्श गाउँपालिकाकाे माैवा स्वास्थ्यचाैकीबाट जिल्ला अस्पताल रिफर गरिएकाे थियाे । उनले साँझ साढे छ बजे मृत शिशुलाई जन्म दिएकाे अस्पतालले जानकारी दिएकाे छ । उच्च रक्तस्राव भएपछि उनकाे बेलुका ७ बजेर ५० मिनेटमा मृत्यु भएकाे अस्पतालका डा. साेहन शाहले बताए । बाहिर लग्ने प्रयास गरेपनि असफल भएकाे डा. शाहकाे भनाइ छ । उनकाे पेटमा केही दिनअघिकाे मृत शिशु रहेकाे थियाे ।

गिरिचाैका स्वास्थ्यचाैकीमा कार्यरत अनमी खडायतकाे शव अस्पतालमै रहेकाे छ । आदर्श गाँउपालिकाकी उपाध्यक्ष लक्ष्मी राेकायाले स्वास्थ्यकर्मी नै भएरपनि उपचार नपाएर ज्यान गुमाउने घटना दुखद रहेकाे बताइन् । माैवा स्वास्थ्यचाैकीमा उपचारका लागि आउँदा स्वास्थ्यकर्मीसँग रक्तस्राव भएकाले मात्र केही समस्या भएपनि जटिल अवस्था नभएकाे भन्दै उपचारका लागि सिलगढी गएकाे बताइन् । अहिले एक्कासि उनको मृत्यु भएकाे खबरले मन पिराेलिएकाे दुखेसाे गरिन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope