नवौँ राष्ट्रिय खेलकुद ः तनहुँबाट खेलाडी छनोट


गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिले जिल्लाका विभिन्न ठाउँमा प्रतियोगिता सञ्चालन गरी खेलाडी छनोट गरेको हो । पूर्वाधार अभावकै बीचमा खेलकुद विकास समिति खेलाडी छनोट गर्न बाध्य छ ।

खेलकुद पूर्वाधार निर्माणका लागि राज्यको कम चासो हुँदा खेलकुदका गतिविधि सञ्चालन गर्न समस्या हुने गरेको समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो । “खेलकुद सञ्चालनका लागि पूर्वाधार छैन, भित्र खेलाइने खेलका लागि कभर्डहल छैन, भलिबल कोर्ट छैन”, उहाँले भन्नुभयो, “जसोतसो व्यवस्थापन गरेर खेल सञ्चालन गरी खेलाडी छनोट गरेका छौँ ।” नवौँ राष्ट्रिय खेलकुदमा खेलाडी छनोटका लागि टेबलटेनिस घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा रहेको कोर्टमा खेलाइएको छ । भलिबल खुलाचौरस्थित खेलमैदानमा खेलाइएको छ । कराँते निर्माणाधीन कभर्डहलमा खेलाइएको छ । बास्केटबल व्यास नगरपालिका–१ स्थित निर्मल माविमा रहेको कोर्टमा खेलाइएको छ ।

बास्केटबल कोर्ट भने राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा निर्माण गरिएको छ । यहाँ मापदण्डअनुसारका दुई बास्केटबल कोर्ट निर्माण गरिएको छ । नवौँ राष्ट्रिय खेलकुदका लागि तनहुँमा खेल खेलाउँछाँै भन्दा पूर्वाधार अभावले नसकिने अवस्था रहेको उहाँले बताउनुभयो । “तनहुँमा पनि खेल खेलाउने इच्छा हो, तर पूर्वाधार नै छैन”, अध्यक्ष पाण्डेले भन्नुभयो, “मापदण्डअनुसारको कोर्ट भएकाले बास्केटबल खेल खेलाउन सकिन्छ ।” तनहुँमा महिला बास्केटबल खेलाउने तयारी छ ।

महिला बास्केटबलका लागि खेलाडी र अफिसियलसहित तीन सय जना दमौली आउनेछन् । “होटलको अभावका कारण महिला बास्केटबलका लागि मात्रै व्यवस्थापन गर्न सकिने भइयो”, उहाँले भन्नुभयो । खेल सञ्चालनका लागि खेलकुदका सामग्री पनि अभाव रहेको कराँते महासङ्घ तनहुँका अध्यक्ष मनिराज थापामगरले बताउनुभयो । कराँतेका लागि खेलाडी छनोट गर्न जिल्लामा म्याट नरहेकाले लमजुङबाट मगाइएको उहाँले बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope