पर्यटनस्थलको प्रचारप्रसारमा कमी ः नेता नेपाल


नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पर्यटकस्थलको प्रचारप्रसारमा कमी रहेको बताउनुभएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय पर्यटन विभागले आज यहाँ आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रममा पर्यटनको विषयवस्तुको राम्रोसँग प्रचार गर्न नसकिएको बताउनुभयो ।

“हामीले हिमाल, तालतलैया, मुगुको रारा, संसारको सबैभन्दा अग्लो तिलिचो ताललाई बजारीकरण गर्न सकेको छैनौँ,” उहाँले भन्नुभयो, “नेपालमा रहेका ऐतिहासिक थलो, गढिको राम्रो ढङ्गले प्रचार गर्ने हो भने पर्यटन आउने छन् ।” उहाँले भारतको उत्तर प्रदेश र विहार प्रदेशमा गर्मीले उकुसमुकुस भएका मान्छेलाई नेपालको चिसो मौसममा ल्याउनुपर्ने भनाइ राख्नुभयो । उहाँले नारायणहिटी सङ्ग्रहालयलाई ठूलो सङ्ग्रहालयका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

“अहिलेसम्म नेपालमा भएका राजतन्त्रकालको सबै चिज सङ्ग्रहालयमा देख्न पाइयोस् । किरात, लिच्छवी, महिसपाल वंश, सेन वंश, शाहवंशले कसरी शासन सञ्चालन गरेका थिए । त्यो सबै कुरा सङ्ग्रहालयमा राख्नुपर्दछ । त्यो हेर्न विदेशी आउने छन्”, उहाँले भन्नुभयो । संस्कृति, पर्यटन तथा नागरिक, उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगममा विकृति र अस्तव्यस्त रहेकोले सुधार्न आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले ४७ अर्ब रुपियाँ बजेट दिए पनि सरकारसँग नेपाल वायुसेवा निगमले समन्वय नगरेकोले अस्तव्यस्त भएको बताउनुभयो । उहाँले वायुसेवा निगमले सञ्चालन गरेको ध्वजाबहाक जहाज बिग्रिएर सञ्चालन हुन नसकेको बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope