सकियो कलङ्क हटाउने चौरचन पर्व


वर्षभरिको सङ्कटबाट बचाउने र कलङ्क हटाउने पर्वका रूपमा मिथिलामा मनाइने चौरचन मङ्लबार साँझ घर–घरमा मनाउँदै सम्पन भएको छ ।

भाद्र शुक्ल चर्तुर्थी तिथिमा सूर्यास्तपश्चात सवापहर (अधाई घण्टा) भित्र चौठीचाँदको पूजा गर्दै चौरचन सम्पन भएको हो । चौरचन पर्वले पुत्र, धन तथा मान वृद्धि गरी लागेको कलङ्क पनि हटाउने जनविश्वास रहिआएको छ । दिनभरि व्रत लिई साँझपख आँगनमा पिठार (चामलको पीठो)ले अरिपन दिई गोलाकार चन्द्रमा मण्डलमा केराको पात राखी त्यसमा पकवान, मिठाइलगायत प्रसाद राखेर चन्द्रमाको पूजा गर्ने चलन छ । मुकुटसहित चन्द्रमाको दिशामा बनाएको प्रतीक (अरिपन)मा केराको पातमा रोहिणीसहित चतुर्थी चन्द्रमाको पूजा सेतो फूलले गर्ने गरिन्छ ।

परिवारको सदस्य सङ्ख्या जति छ, त्यति नै पकवानयुक्त डाली र दहीको छाँछी अरिपनमा सजाएर केराको घरी, दीपयुक्त कुडवार (माटोको कलश), लावन आदि पूजा सामग्री राखिन्छ । एक–एक डाली, दही, केराको घरी उठाएर मन्त्रले प्रत्येक व्यक्तिले हातमा फल लिएर चन्द्रमाको दर्शन गरी आशीर्वाद लिने पण्डित महेन्द्रनारायण ठाकुर बताउनुहुन्छ । दही र फलफूल लिएर चन्द्रमाको दर्शन गरे पापबाट मुक्ति पाइने विश्वास छ ।

चन्द्रमाको दर्शन गरी चन्द्रमण्डलमा राखिएको प्रसादलाई उपस्थित पुरुषले चार भाग गरी पातमा भोजन गरेपश्चात बाँकी रहेको भाग त्यही नै खाल्डो खनी गाड्ने चलन छ । चौरचनको दिनभरि नै मिथिलाका महिला पकवान पुरी, ठकुवा पुड्किया, मालपुवा आदि सामग्री बनाउन व्यस्त रहन्छन् । कुशेआँैशीदेखि नै दही, डाली–छाँछीको व्यवस्था गर्ने तयारीमा मिथिलावासी जुट्ने गर्दछन् । चौरचनको दिन चन्द्रमा केही समय अस्त हुन्छ । “

चौरचनको दिन चन्द्रमालाई कलङ्क लागेको थियो, सो समय चन्द्रमाको दर्शन गरे पाप लाग्छ भन्ने मान्यता छ । उक्त दोष हटाउन ‘सिंह ः प्रसेन’ भन्ने मन्त्र पाठ गर्ने चलन छ । मिथिलामा भदौको शुक्लपक्षको चौथीमा मिथ्या कलङ्कबाट बच्न रोहिणीसहित चतुर्थी चन्द्रको पूजा हुने गर्दछ । इसं १६०० मा मिथिलाका राजा हेमाङ्गद ठाकुरले चौरचनको प्रचार सम्पूर्ण मिथिलावासीको घर–घरमा गराएपछि यसको रौनक बढेको मैथली सेवा समितिका पूर्वमहासचिव प्रवीणनारायण चौधरीले बताउनुभयो । चन्द्रमाको आराधनाले धेरैको मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास भएकाले मिथिलामा यसलाई विशेष पर्वका रूपमा मनाउने चलन रहेको चौधरीले बताउनुभयो । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope