सिन्धुलीमा चुनावी चहलपहल बढ्दै


सिन्धुली, १६ भदौ (रासस) :

सिन्धुलीमा चुनावी चहलपहल बढ्दै गएको छ । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन केन्द्रित छलफल तथा कार्यक्रम जिल्लाका ७९ वडामै भइरहेको छ ।

नेता र कार्यकर्ताले मतदातासित भेटघाट बाक्लो बनाउँदै गएका छन् । चिया पसलदेखि चौतारोसम्म पार्टीका नेता तथा कार्यकर्ता छलफलमा व्यस्त देखिन्छन् । राजनीतिक दलले चुनाव केन्द्रित गतिविधि बढाउँदै लगेका छन् । उनीहरु निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न कसर गर्दैछन् । दैनिक जिल्लास्तरीय तथा वडास्तरीय सभा, समारोह जारी छन् । नेपाली कांग्रेसले शुक्रबार फिक्कल गाउँपालिमा बृहत् प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ । निर्वाचनलाई लक्षित गरेर उक्त कार्यक्रमको आयोजना गरिएको पार्टीका जिल्ला सभापति उपेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।

दुई दिनसम्म चल्ने उक्त कार्यक्रममा केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय तहका नेता, कार्यकर्ताको उपस्थिति रहने बताइएको छ । नेकपा (एमाले) सिन्धुलीले बुधबार मरिण गाउँपालिका–४ सहान रङ्गशालामा जिल्लास्तरीय सभा गरेको छ । । सभालाई एमाले महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्नुभएको थियो ।

एमाले जिल्ला अध्यक्ष रामकुमार कार्कीका अनुसार एमालले जिल्लाभरी विभन्न भेला र छलफल कार्यक्रम आयोजना गर्न गइरहेको छ । यसैगरी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी)ले पनि निर्वाचलन लक्षित विभिन्न कार्यक्रम गर्दैआएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय संयोजक रवि लामिछाने आज कमलामाई नगरपालिका–६ धुराबजारमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुँदैछन् । यसैबीच राष्ट्रिय भूमि आयोग सिन्धुलीका अध्यक्ष रामकुमार पौडेल एमालेमा प्रवेश गर्नुभएको छ । उहाँ माओवादी केन्द्रबाट आयोगको अध्यक्षमा नियुक्त हुनुभएको थियो । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope