अपहरणको पाँच महिनापछि ८३ वर्षीया भिक्षुणीको रिहाइ


पश्चिमी अफ्रिकी देश बुर्किना फासोमा लुजियानाकी ८३ वर्षीया मिसनरी भिक्षुणीलाई सुतिराखेको अवस्थामा ओछ्यानबाट अपहरण गरिएको करिब पाँच महिनापछि रिहा गरिएको बिहीबार जनाइएको छ ।

द न्यू ओर्लियन्सका एक अधिवक्ताका अनुसार होली क्रसका मारियानाइट्सलाई पठाइएको पत्रमा सिस्टर सुलेन टेनीसन नाइजरको राजधानी नियामीमा रिहा भई अमेरिकी अधिकारीको जिम्मामा रहेको उल्लेख गरिएको छ ।

उक्त पत्रिकाले पत्रको एक प्रति प्राप्त गरेको र पत्रमा अमेरिकी मण्डलीकी नेतृ सिस्टर एन लाकोरले टेनीसनको रिहाईको पुष्टि गरेको जनाइएको छ । धर्मगुरू ग्रेगरी आइमोन्डले फेसबुकमा लेख्नुभएको छ, “हामी श्री टेनिसनको सुरक्षाका लागि भगवानप्रति आभारी छौं ।”

एसोसिएटेड प्रेस (एपी)बाट बुधबार टिप्पणीका लागि गरिएको अनुरोधमा लाकोर र उहाँको सम्पर्क कार्यालयले तत्काल थप प्रतिक्रिया दिन उपलब्ध दिइएन । लाकोरले अप्रिलमा टेनीसनलाई अप्रिल ४ को मध्यरातमा अपहरण गरिएको बताउनुभएको थियो ।

लाकोरले द टाइम्स–पिकायुनसँग भन्नुभयो, “उहाँ सुरक्षित हुनुहुन्छ भन्नेबाहेक हामीसँग अहिले कुनै थप जानकारी छैन ।” टेनीसन बस्दै आएको नियामी बुर्किना फासोको शहर याल्गोबाट करिब २५७.५ किलोमिटर पश्चिममा अवस्थित छ । टेनिसनले सन् २०१४ देखि बुर्किना फासोमा काम गर्दै आउनुभएको थियो बुर्किना फासोमा बढ्दो हिंसा र जिहादी आक्रमणका बेला उहाँको अपहरण भएको हो । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope