जलवायु परिवर्तनबारे शे फोक्सुण्डोमा सन्देशमूलक पदयात्रा हुने


जलवायु परिवर्तनले पारेको असर सम्बन्धमा नेपालका विभिन्न क्षेत्रका अगुवा महिलाद्वारा डोल्पाको शे फोक्सुण्डो क्षेत्रमा सन्देशमूलक पदयात्रा हुने भएको छ ।

शे फोक्सुण्डोमा आगामी अक्टोबर ८ देखि १४ तारिखसम्म हुने उक्त पदयात्रामा स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोग रहेको आयोजक संस्था साथसाथै फाउण्डेसनले जानकारी दिएको छ । जलवायु परिवर्तन, सामाजिक विकास र महिला सशक्तीकरणका क्षेत्रमा सक्रिय फाउण्डेशनले आयोजना गर्ने उक्त पदयात्रापछि शे फोक्सुण्डो ताल संरक्षण, प्रकृतिमा आधारित पर्यटन विकास र जलवायु परिवर्तनले स्थानीय जनजीवनमा परेको प्रभावलगायत विषयमा अन्तक्र्रिया हुने साथसाथैका अध्यक्ष प्रजिता कार्कीले जानकारी दिनुभयो ।

फाउण्डेसनले जारी गरेको विज्ञप्तिअनुसार शे फोक्सुण्डोमा ‘हिमालबाट महिलाको आवाज, जलवायु न्यायका लागि महिला एकता र प्रकृतिमा आधारित पर्यटनको विकास’ शीर्षकमा विशेष अन्तक्र्रिया हुनेछ । जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा महिलाको जनजीवन र पर्यापर्यटनमा पारेको असरबारे ध्यानाकर्षण गराउन विभिन्न क्षेत्रका विज्ञ महिलासहित ६० जनाले पदयात्रा गर्ने भएका हुन् ।

अध्यक्ष कार्कीले जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा पारेको असर, स्थानीय महिलाको जनजीवनमा परेको समस्या र प्रकृतिमा आधारित पर्यटनको सम्भावनाको उजागर गर्न र त्यसको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यका साथ शे फुक्सुण्डो पदयात्राको तयारी गरेको जानकारी दिनुभयो ।

“यो यात्रा जलवायु परिवर्तनले प्रकृति, प्रकृतिमा आधारित पर्यटन र स्थानीयको जनजीवनमा पारेको प्रभावबारे बुझ्न, बहस गर्न र समस्या समाधनको उपाय खोज्ने यात्रा हो”, उहाँले भन्नुभयो, “हामी घर, घरमा बसेर, आ–आफ्नो पेसा व्यवसाय अँगालेर बसेका नारी जलवायु परिवर्तन र जलवायु न्यायको मुद्दामा तथा महिलाको जनजीवनमा परेको अप्ठ्याराको विषयमा हिँड्दै समस्या सुन्दै, सुनाउँदै अघि बढिरहेका छौँ ।” एक साता लामो हुने पदयात्रामा समाजका विभिन्न क्षेत्रका अगुवा महिलाका साथै सङ्घीय, प्रदेश र स्थानीय सरकारका विभिन्न तहका सम्बद्ध अधिकारी, कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि, सञ्चारकर्मीसहितको सहभागिता हुनेछ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope