विपी पुष्पलाल र प्रधानको स्मृतिमा बुटवलमा सामूहिक पार्क बन्ने


विपी कोइराला, पुष्पलाल श्रेष्ठ र सूर्यप्रसाद प्रधानको स्मृतिमा बुटवलको देवीनगरमा पार्क बन्ने भएको छ । बुटवल उपमहानगरपालिकाले वडा नं ११ देवीनगरमा सो पार्क निर्माण गर्न लागेको हो ।

गत स्थानीय निर्वाचनबाट निर्वाचित भएर पदस्थापन गरेको सय दिन पूरा भएको अवसरमा शुक्रबार नगरप्रमुख खेलराज पाण्डेयले शुक्रबार सो पार्कको शिलान्याश गर्नुभयो । कूल १७ कठ्ठा १४ धुरमा बन्ने पार्र्क सौन्दर्यीकरण गरी घुम्न र विश्राम गर्न लायक बनाइने नगरप्रमुख पाण्डेयले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले विपद्का समयमा हुनसक्ने जोखिमका लागि उपयोगी हुने गरी पार्क निर्माण गरिने भएकाले स्थानीयलाई लाभ पुग्ने बताउनुभयो । हालै बसेको कार्यपालिका बैठकले तीन नेताको स्मृतिमा पार्क निर्माण गर्ने निर्णय गरेको थियो । त्यसको लागि नगरपालिकाले रु ५० लाख बजेट विनियोजन गरेको शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले जानकारी गराउनुभयो । –


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope