इलामको रोङमा कभर्डहल निर्माण


मङ्गलबारे, २३ भदौ (रासस) :

इलामको रोङ गाउँपालिकामा कभर्डहल निर्माण गरिएको छ । गाउँपालिकाको धार्मिक एवं पर्यटकीयस्थल हाँसपोखरीमा उक्त कभर्डहल निर्माण गरिएको हो ।

कभर्डहल निर्माणका लागि गाउँपालिकाले रु २५ लाख, संसदीय विकास कोष इलाम क्षेत्र नं १ ले रु ३० लाख र प्रदेश नम्बर १ पर्यटन मन्त्रालयले रु आठ लाख विनियोजन गरेको थियो ।

कभर्डहललमा ब्याडमिन्टन, टेबलटेनिस, कराते, तेक्वान्दो, बक्सिङलगायत खेल सञ्चालन तथा प्रशिक्षण गराउन सहज हुने छ । गाउँपालिकाका अध्यक्ष मणिकुमार स्यांबो कभर्डहलमा राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न सकिने बताउनुहुन्छ ।

विसं २०४५ देखि निरन्तर कराँते खेलको विकासमा लागिपर्नुभएका योगेश चाम्लिङले खेलाडी उत्पादन गर्न मद्दत पुग्ने बताउनुभयो । यसअघि कभर्डहल नहुँदा बर्खाको समयमा खेल अभ्यास गर्न समस्या हुने गरेको थियो । खुला मैदानमै अभ्यास गर्नुपर्ने बाध्यता थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope