अब सुत्केरी हुन सदरमुकाम धाउनु पर्दैन


बागलुङ नगरपालिका–८ सिगाना स्वास्थ्यचौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना गरिएको छ ।

बागलुङ नगरपालिकाको जनशक्ति व्यवस्थापन तथा ग्रामीण विकास परियोजनाको प्राविधिक सहयोगमा सिगाना स्वास्थ्यचौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना भएपछि स्थानीय महिलालाई प्रसूति सेवा लागि बागलुङ बजार धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

सिगाना तित्याङका गर्भवती महिला प्रसूति सेवाका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सिगाना स्वास्थ्यचौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना गरिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । सिगाना स्वास्थ्यचौकीले सिगानामात्रै नभएर तित्याङको केही भागलाई समेत समेटिएकाले सिगानामै नगरपालिकाको सहयोगमा ‘बर्थिङ सेन्टर’ स्थापना गरिएको हो । ‘

बर्थिङ सेन्टर’ का लागि बागलुङ नगरपालिकाले एक जना तालिमप्राप्त स्टाफ नर्सको व्यवस्थापन गरिएको खनालले जानकारी दिनुभयो । यहाँका गर्भवती महिलाको नियमित स्वास्थ्य जाँच यही स्वास्थ्यचौकीबाट हुँदै आएको थियो । तर प्रसूति सेवाका लागि भने बागलुङ सदरमुकामस्थित धवलागिरि अस्पताल पुग्नुपर्ने अवस्था रहेको थियो । स्वास्थ्यचौकीमै ‘बर्थिङ सेन्टर’ स्थापना भएपछि यहाँका गर्भवती महिलालाई सहज हुने स्वास्थ्यचौकी इन्चार्ज शान्ता शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार नगरपालिकाले ‘बर्थिङ सेन्टर’ का लागि एसबिए तालिमप्राप्त स्टार्फ नर्स कल्पना खड्कालाई नियुक्ति दिएर पठाएको छ भने फेयरमेट फाउण्डेशन र बिवाइसी बागलुङको व्यवस्थापनामा सञ्चालित ग्रामीण स्वास्थ्य सुधार परियोजनाको प्राविधिक उपकरणको सहयोगमा ‘बर्थिङ सेन्टर’ सञ्चालनमा ल्याइएको हो ।

“यहाँका महिलालाई स्वास्थ्य सेवाका लागि अन्य सुविधा रहे पनि बच्चा जन्माउनकै लागि बागलुङ बजार धाउनुपर्नुे अवस्था थियो”, स्वास्थ्यचौकी इन्चार्ज शर्माले भन्नुभयो, “बागलुङ नगरपालिकाको समन्वयमा यसरी गाउँमै ‘बर्थिङ सेन्टर’ स्थापना हुँदा बच्चा जन्माउनकै लागि बागलुङ बजार जानुपर्ने बाध्यता हटेको छ ।”

ग्रामीण क्षेत्रको स्वास्थ्य सुधारका लागि काम गर्दै आएको परियोजनाले सिगाना स्वास्थ्यचौकीलाई रु तीन लाख बराबरको ‘बर्थिङ सेन्टर’ का लागि आवश्यक सरकारले तोकेको न्यूनतम मापदण्डको स्वास्थ्य उपकरण खरिद गरिएको बिवाइसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले जानकारी दिनुभयो । सिगानामा केही गर्भवती महिला घरमै समेत सुत्केरी भएको पाइएको छ भने ‘बर्थिङ सेन्टर’ स्थापनापछि घरमै सुत्केरी हुने गर्भवतीको सङ्ख्यामा कमी आउने सिगाना स्वास्थ्यचौकीको विश्वास रहेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope