छ सय ४० नयाँ व्यवसायिक प्रतिष्ठानलाई नापतौल इजाजतपत्र


गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले आर्थिक वर्ष २०७८÷७९ मा छ सय ४० नयाँ व्यवसायी तथा औद्योगिक प्रतिष्ठानलाई नापतौलसम्बन्धी नयाँ इजाजाजतपत्र प्रदान गरेको छ ।

कार्यालयका अनुसार गत आवको साउनदेखि असार मसान्तसम्ममा कोशी र सगरमाथा कार्यालयअन्तर्गत व्यवसायिक फर्मलाई सो इजाजतपत्र वितरण गरिएको हो । कार्यालय प्रमुख मनोजकुमार पोख्रेलद्वारा उपलब्ध विवरणमा कोशी र सगरमाथाअन्तर्गत तीन हजार तीन सय १९ व्यवसायिक तथा औद्योगिक प्रष्ठिान सो कार्यालयबाट हालसम्म नापतौलसम्बन्धी इजाजतपत्र लिइ सञ्चालनमा रहेका छन् ।

सोअवधिमा कार्यालबाट सात सय ३९ थान पम्पको नोजल जाँच गरेको र दुई सय ३९ ट्याङ्करको क्यालिव्रेशन जाँच गरेको बताइएको छ । उपरोक्त कारोबारबाट सो अवधिमा रु एक करोड २० लाख ४६ हजार आठ सय ८१ राजश्व सङ्कलन गरेको छ भने कार्यालयबाट एकल अनुगमन २२ पटक तथा संयुक्त अनुगमन २१ पटक भएको कार्यालयले जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope