पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रजापति


कास्की, २७ भदौ (रासस) :

पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य सङ्घको ३४औँ महाधिवेशनबाट अध्यक्ष पदमा पवनकुमार प्रजापति विजयी हुनुभएको छ ।

यही भदौ २४ र २५ गते सम्पन्न भएको महाधिवेशनअन्तर्गत भएको मतदानको आइतबार साँझ घोषणा गरिएको अन्तिम मतपरिणामअनुुसार उहाँले एक हजार छ सय १३ मत प्राप्त गर्नुभयो ।

नवनिर्वाचित प्रजापति सङ्घको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । यसैगरी वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उद्योगतर्फको उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्य र महासचिवमा बलराम आचार्य विजयी हुनुभयो ।

त्यसैगरी कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला, उपमहासचिवमा शोभा गौतम र सदस्यमा प्रभा सुवेदी, बालकृष्ण कोइराला, सुदीप प्रधानाङ्ग, दिलीपकुमार श्रेष्ठ, भरत केसी, कृष्णप्रसाद कोइराला, भीम गौतम, माधव बस्ताकोटी, मनोजकुमार श्रेष्ठ र सुदीप ओझा विजयी हुनुभएको छ । वस्तुगत सदस्यतर्फ जीवनप्रकाश श्रेष्ठ, प्रेमप्रसाद सुवेदी, लेखनाथ सुवेदी र लीलाधर चापागाईँ विजयी हुनुभएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope