वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्लाई पूर्णता


सरकारले रिक्त रहेको वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्लाई पूर्णता दिएको छ ।

सरकारले वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को विज्ञ सदस्यमा डा विमल रेग्मीलाई नियुक्त गरेसँगै परिषद्ले पूर्णता पाएको हो । वातावरण संरक्षण ऐन २०७६ को दफा ३२ मा राष्ट्रिय परिषद् गठन गर्ने व्यवस्था रहेको छ ।

परिषद्को अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ । सोहीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले परिषद्को गठन गर्नुभएको हो । परिषद्को विज्ञ सदस्यमा डा रेग्मी नियुक्त हुनुभएको छ

। जलवायु परिवर्तन तथा अनुकूलनमा विद्यावारिधि गर्नुभएका रेग्मीले दुई दशकभन्दा बढी समय जलवायु परिवर्तन, जैविक विविधतामा काम गर्दै आउनुभएको र हाल उहाँले अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट नेपालमार्फत सरकारलाई जलवायु परिवर्तन तथा अनुकूलनका नीतिगत सुधारमा काम गर्दै आउनुभएको बताइएको छ । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope