आयुुर्वेदिक उपचारमा बढ्दो आकर्षण


कावासोती, ३१ भदौ (रासस)ः

कोभिड–१९ महामारीका बीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ ।

आयुर्वेदिक उपचारले ‘साइड इफेक्ट’ पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो । आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीको सङ्ख्या पछिल्लो समयमा बढ्दै गएको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी वरिष्ठ कविराज निरीक्षक कुशलकृष्ण शर्माले जानकारी दिनुभयो ।

यी औषधिको असर पनि नहुने भएकाले यसको प्रयोगमा आकर्षण बढेको हो । ग्यास्ट्रिकको समस्याले आजित हुनुभएका कावासोती–७ का रवीन्द्र शर्माले पटक–पटक अस्पताल धाएर एलोप्याथिक औषधि प्रयोग गर्दा पनि निको नभएपछि दिक्क भएर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गएपछि त्यहाँको उपचारले निको भएको बताउनुभयो ।

त्यस्तै विनयी त्रिवेणी–२ का जय गौतम पायल्सको समस्याले पीडित हुनुहुन्थ्यो । एलोपेथिक उपचारबाट रोकथाममात्रै हुने र शल्यक्रिया गर्नुपर्छ भनेपछि उहाँ आयुर्वेदिक उपचारतर्फ लाग्नुभयो । शल्यक्रिया नगरी रोग निको भएपछि अहिले उहाँ अरुलाई पनि आयुर्वेदिक उपचार गर्न सल्लाह दिनुहुन्छ । पूर्वी नवलपरासीमा सरकारीस्तरमा आयुर्वेद अस्पताल भएको धेरैलाई थाहा छैन । विसं २०५२ मा सरकारले अरुणखोलामा आयुर्वेद औषधालय स्थापना गरेपछि स्थानीय बासिन्दालाई राहत भयो, तर प्रचार–प्रसार अभावमा यस क्षेत्रको विकासमा चासो भएन । संविधान जारी भएसँगै अहिले यो जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका रूपमा स्तोरन्नति भएको हो ।

पूर्वी नवलपरासीमा छवटा आयुर्वेद औषधालय र दुईवटा नागरिक आरोग्य सेवा केन्द्र छन् । दीर्घकालीन रोग र ‘साइड इफेक्ट’रहित आयुर्वेद उपचार पद्धतिबाट उपचार गराउने रोगीको सङ्ख्या दिनानुदिन बढ्दै गएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । केन्द्रको तथ्याङकानुसार आर्थिक वर्ष २०७५÷७६ मा ३३ हजार छ सय ६७, आव २०७६÷७७ मा ३४ हजार पाँच सय ५७, आव २०७७÷७८ मा ५१ हजार सात सय ३४ र आव २०७८÷७९ मा ५४ हजार दुई सय ३४ बिरामीले विभिन्न किसिमका सेवा लिएका छन् । केन्द्रका सूचना अधिकारी शर्माका अनुसार बाथ, अमलपित्त (ग्यास्ट्रिक), छाला रोग, पायल्स तथा रगतसम्बन्धी विकारका सम्मस्या भएका बिरामी धेरै आउने गरेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope