ड्रागनफ्रुट खेतीबाट मनग्य आम्दानी गर्दै कृषक


गरे आफ्नै देशमा सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण बन्नुभएको छ, झापाको मेचीनगर नगरपालिका–१० की भावना अधिकारी । बाँझो रहेको जग्गामा ड्रागनफ्रुट खेतीमा लाग्नुभएकी उहाँलाई यतिबेला भ्याइनभ्याई छ ।

श्रीमान् प्रहरीको जागिरको सिलसिलामा घरबाहिर हुनुहुन्छ तर उहाँकै सहयोग र सुझावमा यो पेसामा लागेको उहाँ बताउनुहुन्छ । अधिकारीले दुई वर्षअघि दुई बिघा क्षेत्रफलमा ड्रागनफ्रुट लाउन सुरु गर्नुभएको हो ।

ठूलो चुनैती मोलेर रु एक करोडको लगानीमा फार्म सञ्चालनमा गर्नुभएको थियो । विसं २०७७ मा प्याराडाइज एग्रोफार्ममार्फत ड्रागनफ्रुट खेती सुरु गर्नुभएकी उहाँले एक वर्षमै बिरुवा बेचेर राम्रै आम्दानी गर्नुभएको छ । उहाँले सुरुमा चार हजार ड्रागनफ्रुट बिरुवा भारतको हैदरावादबाट ल्याएर सुरु गर्नुभएको थियो । यतिखेर राम्रै उत्पादन दिएको छ । अधिकारीको फार्ममा सायमा रेड सी प्रजाति (रातो फल) को ड्रागनफ्रुट लटरम्मै फलेको छ ।

दुई वर्षअगाडि सुरु गरिएको व्यवसायले यति छिटो आम्दानी देला भन्ने उहाँले सोच्नुभएकै थिएन । अधिकारीले कृषिमा कुनै तालिम नलिएको भन्दै आफैँले गुगल सर्च गरेर खेती सुरु गरेको बताउनुभयो । पानी नजम्ने बलौटे माटो चाहिने रहेछ । वैशाखदेखि सुरु भएर कात्तिकसम्म फल दिने उहाँले बताउनुभयो । ड्रागनखेतीले दोस्रो वर्षदेखि आम्दानी दिन सुरु गरेको थियो । एक पोलबाट वार्षिक ५० केजी फल फल्ने अधिकारीको भनाइ छ ।

स्वादिलो तथा पोषिलो यो फलको यतिबेला बजारममा राम्रै माग छ । वार्षिक ठूलो सङ्ख्यामा बाहिरबाट आयात हुने ड्रागनफ्रुट नेपालका विभिन्न स्थानमा व्यावसायिक खेती सुरु हुन थालेको छ । अधिकारीले यो याममा मात्र छ हजार केजी फल र २० हजार बिरुवा बेच्नुभएको छ । बजारमा ड्रागनफ्रुटको फलको प्रतिकेजी रु सात सय ५० पर्छ भने बिरुवाको रु दुई सय ५० पर्ने गरेको छ । दैनिक छ कामदारसँगै बारीमा ड्रागनफ्रुटको खेतीमा व्यस्त अधिकारीले एउटा बोटमै पाँच केजीसम्म फल दिने गरेको र अझै पाँच हजार केजी फल बेच्ने आशा लिएको बताउनुभयो ।

उहाँले उत्पादन गरेको फल स्थानीय बजारलगायत इलाम, विराटनगर र काठमाडौँसम्म बिक्री हुने गरेको छ । किसानले यो खेती सुक्खा र पानी नजम्ने नेपालको सबै ठाउँमा गर्दै आएका छन् । एकपटक लगानी गर्दा कम्तीमा २५÷२६ वर्षसम्म आम्दानी दिने व्यवसाय भएकाले यसप्रति कृषकको आकर्षण बढ्दै गएको छ । ड्रागनफ्रुटसँगै भित्रभित्र बुटेखेती गर्न सकिने भएकाले नगदे बालीले विभिन्न जातका माछा, बाख्रापालन, लोकल कुखुरासमेत पाल्नुभएको भएको छ । सानो क्षेत्रफलमा थोरै लगानीबाट पनि यो व्यावसायिक खेती गर्न सकिने भएकाले सहरबजारका मानिसले समेत कौसी र करेसाबारीमा यो फल रोप्दै आएका छन् । कृषकको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि हुने देखिएको छ । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope