झापामा भारतबाट आयातित माछा बिक्रीमा रोक


झापाका माईपूर्वका स्थानीय तहमा भारतबाट आयात हुने मरेको माछा बिक्री–वितरणमा रोक लगाउने निर्णय गरिएको छ । जिल्लाको बिर्तामोडमा शनिबार सरोकारवाला निकायहरूसँग भएको छलफलमा उक्त निर्णय गरिएको हो ।

बिर्तामोड नगरपालिका नगरप्रमुख पवित्रा महतारा प्रसाईँका अध्यक्षतामा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र माईपूर्व (बुद्धशान्ति, बिर्तामोड, कनकाई, अर्जुनधारा, कचनकवल, झापा गाउँपालिका)का पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरूको भेलाले भारतबाट आयात गरिने मरेका माछा बिक्री–वितरणमा रोक लगाउने निर्णय गरेको छ ।

बजार अनुगमनका क्रममा अस्वस्थकर मरेका माछा बिक्री वितरण भइरहेको पाइएपछि आ–आफ्नो पालिकामा मरेका भारतीय माछा बिक्रीमा रोक लगाउने निणर्य गरिएको बिर्तामोड नगर प्रमुख प्रसाईँले जानकारी दिनुभयो ।

त्यस्तै आ–आफ्नो पालिकामा माछा, मासु, तरकारी तथा खाद्यान्नलगायतका वस्तु बिक्री–वितरणको नियमित अनुगमन गर्न कृषि वा पशु सेवा शाखाको नेतृत्वमा बजार अनुगमन गर्ने संयन्त्र र कार्य प्रणाली बनाई कार्यान्वयन गर्ने, आ–आफ्नो पालिकमा खाद्यान्नको गुणस्तर, स्वच्छता, अखाद्य वस्तुको मिसावट, नक्कली उत्पादनजस्ता विषयमा सघनरूपमा बजारको अनुगमन गर्ने र सर्वसाधारणलाई सो विषयमा सचेत गराउन कार्ययोजना बनाएर लागू गर्ने पनि निर्णयसमेत गरिएको छ ।

यस्तै पालिकाहरूले कृषि उत्पादनको प्रेस्टिसाइज्ड मापनका लागि पालिकाहरूले आपसी सहकार्यमा विषादी परीक्षणका लागि ल्याबको व्यवस्थापन गरी परीक्षण गर्ने व्यवस्था मिलाउने, कृषिजन्य उत्पादनमा विषादी न्यूनीकरण गर्न सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसमेतको समन्वयात्मक भूमिकालाई अगाडि बढाउने जनाइएको छ । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope