फोहोर व्यवस्थापनमा समस्या बढ्दै


मोरङको सुन्दरहरैंचा नगरपालिकामा फोहोर व्यवस्थापनमा समस्या बढ्दै गएको छ । नगरपालिकाले विगत ५ वर्षदेखि सङ्कलन गर्दै आएको फोहोर नजिकैको जङ्गल तथा खोला छेउमा व्यवस्थापन गरेको कारणले अहिले समस्या देखिएको हो ।

बस्ती नजिकै अव्यवस्थित रूपमा थुपारेको फोहोरबाट आउने दुर्गन्धले विभिन्न रोग निम्त्याउने गरेको स्थानीयहरू बताउँछन् । नगरको वडा नं १० को खोर्साने–केराबारी सडक खण्डमा रहेको डम्पिङ साइटले वातावरणसमेत प्रदूषित बनेको जनाइएको छ । यस्तै वडा नं ४ मा रहेको गछिया खेला छेउ बडहरामा पनि केही वर्षदेखि फोहोर फाल्ने गरिएको छ ।

नगरको विराटचोक बजार, खोर्साने, सलकपुर, गोठगाउँलगायत क्षेत्रबाट निस्कने फोहोरलाई जङ्गलमा र गछिया, दुलारी, बाँसबारी, बलियाको फोहोर बडहरामा फाल्ने गरिएको छ । पानी परेको समयमा प्लास्टिकजन्य फोहोर बगाएर किसानको खेतबारी तथा अन्य ठाउँमा पु¥याउने गरेकाले खेतबारीको माटोसमेत प्रदूषित भई उत्पादनमा गिरावट आएको सुन्दरहरैंचा १० निवासी नगेन्द्र दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “ यो समस्या अन्त्यका लागि कुहिने तथा नकुहिने फोहोर मैला अलगअलग छुट्याएर उपयुक्त डम्पिङ साइडको विकास गर्नुपर्छ र फोहोरलाई मोहोरमा परिणत गर्न जरुरी छ । ” नगरपालिकाले दैनिक रूपमा ट्र्याक्टर तथा टिपरबाट फोहोर सङ्कलन गर्दै आएको छ ।

फोहोर व्यवस्थापन गर्न तत्कालीन समयमा हाल रहेको वडा नं १ को कुमारगाउँमा २ बिघा ५ कट्ठा जग्मा खरिद गरिएको थियो । उक्त जग्गामा अहिलेसम्म फोहोर व्यवस्थापनको काम भएको छैन ।

उक्त क्षेत्र अहिले कासघारीमा परिणाम भएको छ । यो जग्गा खरिदका लागि विभिन्न सङ्घसंस्थाले सहयोगसमेत गरेका थिए । नगरपालिकाले हालसम्म सङ्कलन गरेको फोहोरमा कुहिने र नकुहिने फोहोर नछुट्याई व्यवस्थापन गर्ने गरेको छ । सञ्चारकर्मी बाबुराम निरौलाले सुन्दरहरैंचाको फोहोरमैला व्यवस्थापन समयमा नै ध्यान पुु¥याउन नसके समस्याका रूपमा रहने बताउनुभयो । उहाँले भन्नुभयो “ नगरको विभिन्न वडाबाट सङ्कलन हुने फोहोर हाल खोर्सानेको उत्तरतर्फको जङ्गलमा फाल्नु उपयुक्त छैन । ”

समयमा नै फोहोरमैलालाई वर्गीकरण गरी कुहिनेलाई मल तथा नकुहिनेलाई कच्चापदार्थमा परिणत गर्न सम्बन्धित सरोकारवालाले ध्यान पु¥याउँदै ती जमिनमा भण्डारण केन्द्र निर्माण गरी दिगो फोहोरमैला व्यवस्थापन सुन्दरहरैंचामा गर्न जरूरी देखिएको स्थानीयहरू बताउँछन् । नगरप्रमुख केदारप्रसाद गुरागार्इंले नगरपालिकामा फोहोर व्यवस्थापनमा समस्या भएकोे हुँदा दीर्घकालीन समाधानका लागि काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो “फोहोरको उचित व्यवस्थापन गर्न समय लाग्छ , मोरङको बेलबारी, केराबारी, पथरीशनिश्चरेलगायत छिमेकी पालिकाको सामूहिक पहलमा हाइवे उत्तर कसैलाई कुनै असर नपर्ने गरी फोहोरको उचित व्यवस्थापनमा पहल गर्न छलफल भइरहेको छ । ” –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope