मोरङमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता


मोरङको सुन्दरहरैँचामा विराट खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । विराट चेस क्लब सुन्दरहरैँचाको आयोजनामा मङ्गलबारदेखि उक्त प्रतियोगिता सुरू भएको हो । प्रतियोगितामा नेपालसहित भारत र बङ्गलादेशका गरी एक सय २० खेलाडी सहभागी छन् ।

प्रतियोगिताका विजेतालाई रु चार लाख ६० हजार राशि पुरस्कारस्वरुप प्रदान गरिने छ । प्रतियोगिताको एक समारोहबीच सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले उद्घाटन गर्नुभयो । उहाँले प्रतियोगिातको माध्यमबाट यस क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उल्लेख गर्नुभयो ।

प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु एक लाख नगदसहित ट्रफी प्रदान गरिने छ । यस्तै दोस्रो हुनेले रु ७० हजार, तेस्रो हुनेले रु ५० हजार र चौथो हुनेले रु ३० हजारसहित ट्रफी प्राप्त गर्ने छन् । खेल अवधिभरि विभिन्न विधामा २० जनालाई पुरस्कार प्रदान गरिने खेल संयोजक लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता आगामी असोज ८ गतेसम्म सञ्चालन हुने छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope