सिञ्जाको विष्टवाडामा प्रसूति सेवा सञ्चालन


जुम्लाको सिञ्जा गाउँपालिका–२ स्थित विष्टवाडामा आधारभूत स्वास्थ्य केन्द्रमा प्रसूति सेवा सञ्चालनमा ल्याइएको छ ।

महिलाको स्वास्थ्य सुधार ल्याउने ध्येयले प्रसूती सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

सिञ्जा स्वास्थ्य शाखा संयोजक ललितजङ्ग रोकायाले स्वास्थ्य केन्द्रमा आधुनिक प्रयोगशाला सेवा विस्तारका उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो । यसअघि सो क्षेत्रका गर्भवतीले प्रसूति सेवा तथा एएनसी पिएनसी जाँच गर्नका लागि दुई घण्टा टाढा रहेको नराकोट स्वास्थ्यचौकीमा जानुपर्ने बाध्यता थियो ।

गाउँपालिकाले धापा, नराकोट, शनिगाउँ, दात र विष्टवाडा गरी पाँच स्थानबाट प्रसूति सेवा प्रदान गर्दै आएको छ । स्वास्थ्य संस्थामै दक्ष जनशक्तिबाट सुरक्षित सुत्केरी गराउनका लागि गाउँपालिकाकाले उच्च प्राथमिता दिँदै आएको छ । जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले स्वास्थ्य सस्थामा सुत्केरी हुने व्यवस्था मिलाइएको बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope